सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितले बनाए वार्ता टोली
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार ११:४५:११
![](https://nepalbahas.prixacdn.net/media/albums/meterbyaji_pidit_q72TyL8Snd_lSqRbwreVc.jpg)
२६ चैत, काठमाडौं । काठमाडौंमा संघर्षरत मिटरब्याजी पीडितको दोस्रो टोलीले सरकारसँग वार्ताका लागि टोली गठन गरेको छ । मिटरब्याज तथा ठगीविरुद्ध काठमाडाैंसहित दर्जन बढी जिल्लाहरूमा संघर्ष चलाइरहेको किसान मजदुर संघर्ष समितिले अवदेश कुशवाहको संयोजकत्वमा १९ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीमा ११ जिल्लाका संघर्ष समिति अध्यक्षसहित अन्य जिल्लाका पीडित र अभियन्ता नीर्ग नवीन समावेश छन् । यसअघि सरकारले समस्या समधानका लागि भन्दै गृह मन्त्रालय शुक्रबार सहसचिव प्रदिपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएर पीडितलाई वार्तामा बोलाएको थियो ।
वार्ताटोली गठन गरेर सरकारले शान्तिपूर्ण तवरबाट पीडितहरुलाई न्याय दिन तयार रहेको बेला संघर्ष समितिले संघर्षमा जारी राखेको भन्दै शुक्रबार पीडितहरुलाई धरपकड समेत गरिएको थियो । सरकारले चर्को ब्याजमा ऋण प्रवाह गर्ने र ऋण चुक्ता गरेपछि पनि दृष्टिबन्धक राखिएका सम्पत्ति फिर्ता नगर्ने कार्यलाई अपराधिक कार्यकाे दर्जमा राखेर त्यसमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन तयारी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार
सप्तकोशीमा पानीको बहाव घट्यो
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार