कुँवा तथा पँधेरामा पानी सुक्दै जाँदा चुनौती बढ्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १४:४४:१
![](https://nepalbahas.prixacdn.net/media/albums/kuwa_HGC82Hk6SO_QtG1X8X5nz.jpeg)
२६ चैत, गण्डकी । सयौंँ वर्षदेखि उपयोग हुँदै आएका प्राकृतिक जलाशयमा बर्सेनि पानी सुक्दै जाँदा चुनौती थपिएको छ । पछिल्ला वर्षमा खानेपानीका लागि उपयोग गरिएका प्राकृतिक जलाशय कुँवा तथा पँधेरामा पानी सुक्दै जाँदा चुनौती बढ्दै गएको हो । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीका खुर्वादी तथा कटुजेका पँधेरोहरूमा बर्सेनि पानीको मात्रा कम हुँदै गएको यहाँका स्थानीयवासी बताउँछन् ।
भएका कुँवा तथा पँधेरा गाउँ भन्दा धेरै तल हुँदा गाग्रीमा बोकेर ल्याउनुपर्ने बाध्यता लामो समयसम्म भोगेका यहाँका स्थानीयवासीलाई २०६७ सालपछि भने केही राहत भएको थियो । त्यसयता खुर्वादीको पँधेरोबाट लिफ्टिङ गरी गाउँमाथि हँुडिकोटमा पानी ट्याङ्की राखेर घरघरमा वितरण गर्न थालेपछि स्थानीयवासीले ठूलै राहत महसुस गरेका थिए ।
पावनडाँडा छबिसे सामुदायिक वनमार्फत केही सहयोग एवम् स्थानीयवासीको जनसहभागितामा यस क्षेत्रकै पहिलो लिफ्टििङ खानेपानी सञ्चालन गरिएको थियो । पछिल्ला वर्षमा पानी कम हुँदै जाँदा दैनिकी सञ्चालनमा पनि धौधौ पर्ने गरेको पावनडाँडा छविसे सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष कमलप्रसाद पौडेलले जानकारी दिए ।
विगतमा भन्दा आधा नै पानी घटेको जानकारी दिँदै उनले उक्त पानीलाई एक सय ३१ घरधुरीले दैनिक रुपमा उपयोग गर्दै आएको बताए । पानी घटेसँगै स्थानीयवासीले त्यसको कारणबारे खोजी गरेको र त्यस क्रममा नजिकै केही पानीको स्रोत फेला परेपछि पाइपमार्फत मूल ट्याङ्कीमा मिसाइएको उनले जानकारी दिए ।
बर्सेनि पानीको समस्या बढ्दै गएका अवस्थामा कृस्ती, निर्मलपोखरी, भरतपोखरी सहलगानी खानेपानी आयोजनाको काम पनि सुस्तगतिमा हुँदा थप चिन्तित बनाएको स्थानीयवासी बताउँछन् । उक्त आयोजनाका लागि चार÷पाँचवर्ष अघि नै प्रतिघर १५÷१५ हजार रुपैयाँका दरले स्थानीयवासीले रकम बुझाएको भए पनि त्यसको काम सुस्तगतिमा बढेको उनीहरूको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १७, २०८१ सोमबार
काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने
असार १५, २०८१ शनिबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार