बादशाहको गीतमा पुजारीहरुको आपत्ति
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १६:१५:२२
६ वैशाख, मुम्बई । बलिउड र्यापर बादशाहको नयाँ एल्बमलाई लिएर सन्त, महन्त र महाकाल मन्दिरका पुजारीहरुले आपत्ति जनाएका छन् । बादशाहले आफ्नो एक गीतमा भगवान भोलेनाथको नाम लिँदै केही अश्लील शब्दको प्रयोग गरेका छन् ।
महाकाल मन्दिरका पुजारीहरुसँगै सन्त र महन्तले भगवान शिवको नाम लिएर भजन बनाउन आग्रह गर्दै आफूलाई प्रसिद्ध बनाउन भगवानको नाम गलत रुपमा प्रयोग नगर्न चेतावनी दिएका छन् ।
अखण्ड हिन्दु सेनाका संस्थापक एवं महामण्डलेश्वर आचार्य शेखरले गीतमा आपत्ति जनाउँदै भगवानलाई बादशाहले सम्मान नगरेकाले आफूले विरोध गरेको बताएका छन् । त्यस्तै परमहंस अवधेशपुरी महाराजले गीतमा कैयौं आपत्तिजनक शब्द रहेको भन्दै विरोध गरेका छन् ।
‘यदि भगवानको नाम लिएर यस किसिमको घटिया प्रयोग हुन्छ भने यसलाई हामी सनातन संस्कृतिको मजाक मान्छन् । जुन हाम्रा लागि सहनशिल हुँदैन’, उनले भनेका छन् ।
महाकालेश्वर मन्दिरका पुजारी पण्डित महेश गुरुले भगवान भोलेनाथ कसैको उपयोगको वस्तु नरहेकाले उनको नाम सही र गलत कुनै पनि तरिकाले प्रयोग गरेर आफू प्रसिद्ध हुन्छु भन्ने गलत रहेको बताए ।
बादशाहको गीतको अन्तरमा ‘ज्ञान बाँट्ता फिरुँ’ छ । त्यसपछि अश्लील शब्दको प्रयोग गर्दै ‘हिट पर हिट में मारता फिरुँ, तीन–तीन रात में लगातार जागता, भोलेनाथ के साथ मेरी बनती है’ प्रयोग पछि सन्तहरु बादशाहसँग रुष्ट छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज
असोज १८, २०८१ शुक्रबार
बलिउड अभिनेता गोविन्दा गोली लागेर घाइते
असोज १५, २०८१ मंगलबार
अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड
असोज १४, २०८१ सोमबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार