दोरम्बा शैलुङमा काेभिड १९ विरूद्ध तेस्रो र चौथो डोज लगाइँदै
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १२:८:२७
११ वैशाख, मन्थली । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले कोभिड १९ विरुद्ध बुस्टरको तेस्रो र चौथो डोज (मात्रा) लगाउने भएको छ ।
पालिका कार्यालय टोकरपुरले आइतबार एक सूचना जारी गर्दै कोभिड १९ विरुद्धको पहिलो र दोस्रो खोप लगाइसकेका नागरिकलाई बुस्टर डोज दिने जनाएको छ ।
सूचना अनुसार खोप यही वैशाख १३ र १४ गते दुई दिन खोप संचालन गरिनेछ । उक्त दिन गाउँपालिकाको ७ नं. वडामा संचालन गरिने लखनपुर स्वास्थ्य चौकी प्रमुख एवं जनस्वास्थ्य निरीक्षक सिमन राय यादवले जनाएका छन् ।
उक्त दिन ५५ वर्षमाथिका पहिलो र दोस्रो डोज लगाइसकेका नागरिकलाई तेस्रो बुस्टर र तेस्रो बुस्टर लगाइसकेका नागरिकलाई चौथो बुस्टर लगाइने आइतबार जारी सुचनामा जनाइएको छ । पीफाइजर खोप लगाइने र खोप समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दिइने तथा स्थान वडा कार्यालय थापागाउँमा तोकिएको सूचनामा उल्लेख छ ।
पछिल्लो समयमा मुलुकभर कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले बुस्टर डोज लगाउन छुटेका नागरकलाई खोप लगाउन आग्रह गर्दै आएको छ । तेस्रो डोज अर्थात पहिलो बुस्टर लगाइसकेकाहरुलाई चौथो बुस्टर खोप लगाउन अनुरोध गरेको छ ।
संक्रमणबाट पछिल्लो हप्तादेखि दैनिक एकजनाको मृत्यु हुने क्रम चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार