तनहुँकाे मतगणना आधा सकियाे, स्वर्णिमलाई झण्डै ५० प्रतिशत
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १६:५५:७
११ वैशाख, काठमाडौं । तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनको मतगणना करिब आधा सकिएको छ । निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये २२ वडाको मतगणना सकिएको छ । ३१ हजार २११ मतगणना सकिएको जनाइएको छ ।
पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले माधै १५ हजार ९६० मत पाएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्दराज भट्टराईले ९ हजार १२२ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले जम्मा ५,१६६ ल्याएका छन् । राप्रपाका शोभा गुरुङले निकै थोरै मत पाएकी छन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रकै गढ मानिने क्षेत्र भानु नगरपालिका र आँबुखैरेनीबाट वाग्लेलाई भारी मत गएको मत परिणामले देखाएको छ । मतगणना जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा भइरहेको छ । यो क्षेत्रमा १ लाख २३ हजार २२३ मतदाता रहेकामा ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगको दाबी छ ।
यसअघि यो क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । बारा २ र चितवन २ मा भएको उपनिर्वाचनको मतगणना पनि भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार