कञ्चनपुरमा एकैदिन १२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १४:५३:४७
१४ वैशाख, दोधारा चाँदनी । पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना संक्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले भारतबाट आउनेमा संक्रमण देखिएको बताए । “पहिला जस्तो सिकिस्त बिरामी पर्ने खालको देखिएको छैन ।” उनले भने–“अहिले सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेमा कोरोना संक्रमण जाँच भइरहेको छ ।”
यहाँको बेलौरी नगरपालिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन । जिल्लामा जम्मा सक्रिय संक्रमित २६ जनामध्ये २४ जना बेलौरीकै छन् । बैलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले संक्रमित हुने अधिकांश भारतबाट आएका रहेको बताए । “बुधबार शङ्कास्पद १६ जनाको परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको छ ।” उनले भने–“अहिले शङ्कास्पद बिरामीको मात्रै परीक्षण गर्ने गरेका छौँ ।”
गड्डाचौकी हेल्थ डेस्क प्रमुख प्रिति बोहराले भारतबाट आउनेमा कोरोना संक्रमण देखिएको बताए। “बुधबार तीन जनामा संक्रमण देखिएको छ ।” उनले भने–“अहिले घर फर्किनेको सङ्ख्या कम छ ।” बुधबार नाकामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो । अहिले कञ्चनपुरमा सक्रिय संक्रमितको सङ्ख्या २६ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार