कानेपाेखरी गाउँपालिकाको केन्द्र भौंसाबारीमा सार्ने निर्णय
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १२:३५:२६
१८ वैशाख, काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र (सदरमुकाम) सार्ने भएको छ । आइतबारको गाउँसभा बैठकमा मतदानबाट लिइएकाे निर्णयपछि केन्द्र सार्ने भएको हो ।
पालिकाको प्रशासनिक केन्द्र हाल कानेपोखरी–८ स्थित रमाईलो बजारमा रहेको छ । निर्णय अनुसार अब केन्द्र वडा नम्बर ५ को भौसबारीमा सारिनेछ ।
आइतबार बसेको १३औं गाउँसभाको तेस्रो बैठकमा केन्द्र सार्ने एजेण्डामा सहमति जुट नसकेपछि मतदान प्रक्रिया अपनाइएको थियो । मतदान प्रक्रियामा दुई तिहाई (२७) सदस्यले सार्ने पक्षमा मतदान गरेका थिए । नसार्ने पक्षमा ७ जनाको मात्र मत परेको थियो । एक मत बदर भएको थियो ।
अब भौंसाबारी केन्द्रमा प्रमुख प्रशासकीय भवन लगायत पालिकाका सबै सम्पूर्ण काम सारिने उपाध्यक्ष भोला अधिकारीले बताए । आर्थिक वर्ष २०७८/०७९ मै पालिकाको केन्द्र स्थापनाका लागि भौंसाबारीमा २ करोड ५ लाखमा ए एक बिगाह जग्गा खरिद गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि
असोज १०, २०८१ बिहिबार
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह
असोज ९, २०८१ बुधबार
गोरखाको अजिरकोटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ बिक्रीमा रोक
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार