प्रमोद खरेलको ‘मलाई बाँच्न सिकायौ’मा शिशिर र अनुजा
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार ११:९:४१
१९ वैशाख, काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘मलाई बाँच्न सिकायौ’ तिमीले बोलको गीतको भिडियो रिलिज भएको छ । गीतकार नमिता दवाडीको शब्द शृजना रहेको सार्वजपनक गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।
मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुन प्राप्त भएको मायाको कथालाई देखाएको छ । एक प्रेमील जोडीले कहिल्यै नछुट्टीने वाचा कसम खाएको र मायामा उत्तारचढाव आएको दृश्यलाई निर्देशक मुनाल शिशिर कोइरालाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।
जसमा शिशिर भण्डारी र मोडल अनुजा सिंहको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।
हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ परिचय, लगायतका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ । सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलबाट बजारमा आएको हो ।
https://www.youtube.com/watch?v=6eQtcPjk4g0
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार
दशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...
असोज ११, २०८१ शुक्रबार
फिल्म छक्का पञ्जा-५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक
असोज ३, २०८१ बिहिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार