विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १४:२:५६
१९ वैशाख, काठमाडौं । देशका विभिन्न स्थानबाट चारजना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ९ सय ग्रामसहित कैलाश गाउँपालिका-५ गोगने बस्ने ४२ वर्षीय राम बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
भैंसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिका-९ सुन्दरपुर बस्ने २९ वर्षीय प्रकाश चन्द समेत दुईजनालाई अवैध लागुऔषध खैरो हेरोइन करिब १ ग्राम ३७ मिलिग्राम र १ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले प्रकाशको कोठाबाट उक्त खैरो हेरोइन र गोलीसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २७ वर्षीय किरण चौधरीलाई अवैध लागुऔषध ब्राउनसुगर करिब ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागुऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार