तातोपानी नाकामा मानव आवतजावतमा प्रतिबन्ध कायमै
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १४:२५:११
१९ वैशाख, काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका तातोपानीमा मानव आवतजावत अझै खुला गरेको छैन । बन्द भएको ८ वर्षपछि सोमबारदेखि दुईतर्फी रुपमा व्यापारिक कारोबार सुरु गरिएपनि मान्छे आउजाउ भने खुलाइएको छैन ।
२०७२ को भूकम्पपछि पूर्णरूपमा बन्द भएको नाका २०७६ बाट आंशिक रुपमा व्यापारिक कारोबार सुरु भएको थियो । सोमबारबाट भने सामान आयात निर्यात मात्र खुला गरेको छ । मानव आवतजावत तत्काल खोल्ने सम्भावना नरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।
भूकम्पपहिले यो नाकाबाट थुप्रै नेपाली मजदुर तिब्बतका विभिन्न क्षेत्रमा पुगेर काम गर्ने र चिनियाँ पर्यटक यही नाकाबाट नेपाल भ्रमणमा आउने गर्थे । नेपालीहरु घरायसी सामान खरिदका लागि चिनियाँ बजार लिपिङ, खासा पुग्ने गर्थे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
असोज ११, २०८१ शुक्रबार
वीरगन्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
असोज १०, २०८१ बिहिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार