चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी सञ्चालन
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १७:१३:४८
२१ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–५, स्थित चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।
उनले चित्रेपोखरीमा हालै निर्माण सम्पन्न पाँच कोठे प्रहरीचौकीको बिहीबार उद्घाटन गरेका हुन् । गाउँपालिकाले जग्गा र बजेट उपलब्ध गराएपछि अस्थायी प्रहरी चौकीको भवन निर्माण गरिएको हो ।
भवन निर्माणमा २५ लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिए । भवनमा थुनुवा कक्षसमेत रहेको छ ।
यस्तै, गाउँपालिकाभित्र रहेको चोरकाटे र धारापानी प्रहरीचौकीलाई एक–एक थान मोटरसाइकलसमेत उपलब्ध गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार