पोल्ट्री व्यवसायी कँडेलको ‘आत्महत्या’ दुरुत्साहन मुद्दामा १ जना पक्राउ, अर्का फरार
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार ११:१५:३०
२२ वैशाख, चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको ‘आत्महत्या’ दुरुत्साहन मुद्दाका अभियुक्तमध्ये १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक जना भने फरार रहेका छन् ।
पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट ३६ वर्षीय जीवन रावल रहेका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ का रावललाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको हो । अर्का आरोपी प्रदीप रुङ्गटा फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको जनाइएको छ ।
रावल र रुंगटाले कंँडेलबाट कम्पनीको शेयर खरिद गरेर पैसा नदिई आर्थिक तनावमा पारेको र तनावकै कारण आत्महत्या गरेको उजुरी परेको छ ।
रावल र रुंगाटा कँडेलका व्यापार साझेदार हुन् । ऋण तिर्न भन्दै कँडेलले अनमोल फिड्सको ८५ प्रतिशत शेयर दुवै जनालाई कम्पनीको शेयर बिक्री गरेको तर पैसा पाउन नसकिरहेको बेला उनलाई ऋणको मार खेप्न नसकी आत्महत्याको बाटो रोज्न बाध्य पारेको उजुरीमा जनाइएको छ । उजुुरी कँडेल पत्नीले दिएकी छन् ।
नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष समेत रहेका यही कँडेल मंगलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलले पैसा नदिई उल्टै तनाव र मानसिक पीडा दिएको उल्लेख रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार