नक्कली शरणार्थी प्रकरणमा सहकारी सञ्चालक समेत तानिए, ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १२:३२:३९
२२ वैशाख, काठमाडौं । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका उडाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरुको खोजी भइरहेको छ । तीन जनामध्ये हरिभक्त र केशव न्यूरोडको ताम्राकार कम्प्लेक्समा रहेको दिया सहकारीको सञ्चालक समिति सदस्य रहेको बुझिएको छ । अमेरिका उडाउने नाममा उठाइएको रकमध्ये हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुको बयानका आधारमा उनीहरुविरुद्ध संगठित अपराध र ठगी कसुरमा अनुसन्धानका जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको हो ।
प्रकरणमा अहिलेसम्म सानु भण्डारी, केशव दुलाल, सन्दी लामिछाने, इन्द्रजित राई, टंक गुरुङ, टेकनारायण पाण्डे, सन्देश शर्मा लगायत ८ जना पक्राउ परिसकेका छन् । निरज सिंह राई, प्रतीक थापा, टोपबहादुर रायमाझीको नाममा पनि पक्राउ पूर्जी जारी भइसकेको छ ।
पक्राउ परेकामध्ये सबैभन्दा ‘हाइ प्रोफाइल’ मा सरकारका सचिव पाण्डे र पक्राउका लागि खोजी गरिहेकामा एमाले सचिव समेत रहेको सांसद एवं पुर्वमन्त्री रायमाझी हुन् । उनी रायमाझी प्रहरीलाई नै फोन गरेर सम्पर्क आउने बताएर बुधबार साँझदेखि ‘भूमिगत’ बनेका छन् ।
रायमाझीलाई पक्राउको तयारी गरेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग भेट गरेर रायमाझीलाई पक्राउ गरे चुप नबस्ने बताएपछि अन्य ३ विशिष्टहरुलाई पक्राउ गर्न अदालतमा अनुमति लिने कार्यबाट प्रहरी पछि हटेका छन् । स्रोतका अनु्सार विशिष्टहरुमा पूर्वमन्त्री र सचिवहरु पर्ने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार