भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि थप ४ विशिष्ट माथि पक्राउ पुर्जी जारी हुँदै
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १३:१५:५८
२२ वैशाख, काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी प्रकरणको थप अनुसन्धानका क्रममा नेपाल प्रहरीले थप चार विशिष्टमाथि पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । अनुसन्धानमा संलग्न उच्च प्रहरी स्रोतले दिएको जानकारी अनुसार पक्राउ पुर्जी जारी गर्ने कि अदालतबाट पुर्जी जारी गर्ने पत्रको अनुमति लिएर जारी नगरी नियन्त्रणमा लिने भन्ने विषयमा अहिले गृहमन्त्री र प्रहरी अधिकारीबीच छलफल भइरहेको छ ।
नाम नखुलाउने सर्तमा प्रहरी स्रोतले दिएको जानकारी अनुसार यस प्रकरणको अनुसन्धानका लागि पूर्व गृहमन्त्रीहरू बालकृष्ण खाँण र रामबहादुर थापा बादललाई पक्राउ पुर्जी जारी गर्न लागिएको छ । यस्तै पूर्वसचिव महेश्वर न्यौपाने र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका पूर्व गृहसचिव प्रेमकुमार राई पनि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिएको हो । राई र न्यौपानेको पक्राउ पुर्जी बुधबार नै तयार भएको भएपनि अदालतबाट अनुमति लिइएको छैन ।
पूर्वगृहमन्त्री र गृहसचिवमध्ये राई संवैधानिक निकाय अख्तियारको प्रमुख रहेकाले उनको पक्राउ पुर्जी जारीबारे राष्ट्रपतिको कार्यालयलाई पनि जानकारी दिइएको छ । तीब्र राजनीतिक दवाव परेका कारण पक्राउ पुर्जी जारी गर्ने नगर्ने बारे गृहमन्त्री नाराययणकाजी श्रेष्ठले अनुसन्धानका लागि थप चार विशिष्टलाई पक्राउ गर्ने निर्देशन दिन नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई अनुमति दिन नसकेको बताइएको छ । काठमाडौं प्रहरी परिसरलाई पक्राउ पुर्जी जारी गर्न महानिरीक्षकको अनुमति चाहिने स्रोतले बतायो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई रामबहादुर थापा गृहमन्त्री हुँदा गृहसचिव थिए । त्यस्तै कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री हुँदा गृहसचिव रहेका पाण्डे पनि पक्राउ परिसकेका छन । प्रहरी अनुसन्धान दल र प्रशासनका भीआईपीतर्फ केन्द्रित भएपछि राजनीतिक दलका शीर्ष नेतृत्व पनि तरंगित बनेको छ । गृह मन्त्रालयको नेतृत्व सम्हालेका नेता र कर्मचारी अनुसन्धानमा तानिने डरले सल्बलाउन थालेको स्रोतको भनाइ छ ।
भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाइदिने गिरोहसँग संलग्नता भएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि बिहीबार अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । त्यस यता थप विशिष्टको पक्राउ पुर्जी जारी गर्ने काम रोकिएको छ । ओलीले प्रधानमन्त्रीलाई मुठभेडको वातावरण नबनाउन चेतावनी दिइसकेका छन् । पूर्व गृहसचिव राई ओलीका विश्वास पात्र हुन् । उनी प्रधानमन्त्री भएकै समय राई अख्तियार प्रमुखमा नियुक्त भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार