नक्कली नोट प्रयोग गरी सामान किनेको अभियोगमा २ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १५:२७:२१
२२ वैशाख, काठमाडौं । नक्कली नोट प्रयोग गरी सामान खरिद गरेको आरोपिमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट घर भई हाल टोखा नगरपालका–७ बस्ने ३१ वर्षीय सम्झना गहतराज र बाँकेको नेपालगञ्ज घर भई हाल काठमाडौंको बागबजार बस्ने ३२ वर्षीय सादाहय हलुवाइ रहेका छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । हलुवाइ युनिक होटलमा कोठा लिई बस्ने गरिएको खुलेको छ ।
गहतराजले गोकर्णेश्वर ननगरपालिका–६ नँया बस्तीमा एक किराना पसलमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट दिएको पाइएको छ । नक्कली नोट कारोबारको सूचना पाएपछि खटिएको प्रहरी टोलीले गहतराजलाई नियन्त्रणमा लिएको र उनकै बयानमा आधारमा हलुवाइलाई समेत नियन्त्रणमा लिइएको हो ।
पक्राउ गरिएका अभियुक्तहरुको साथबाट प्रिन्ट गरेर बजार पु्याउन तयारी अवस्थामा राखिएका १ हजार दरका नक्कली नोट ४९ वटा, ५ सयको नोट २ वटा, प्रिन्ट गरेको काट्न ५ सयको नोट ६० वटा, काट्न बाँकी एक हजारको १२६ वटा लगायत नक्कली नोट बनाउन प्रयोग गरिने सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई प्रहरी वृत्त बौद्ध राखिएकाे छ । उनीहरूलाई बरामद नोटसहित शुक्रबार सार्वजनिक गरिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार