सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १६:५२:३६
२६ वैशाख, बलेवा । साँघुरा र ग्रेड नमिलेका सडक संरचनाका कारण बागलुङमा सवारी दुर्घटनाको जोखिम बढेको सरोकारवालाले बताएका छन् । बागलुङमा चालु आर्थिक वर्षमा भएका ११ वटा दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन् ।
बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण र सडक अनुशासन कायम गर्न बागलुङमा सोमबारदेखि ट्राफिक सप्ताह सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइने छ ।
बागलुङ बजारमा सामाजिक सङ्घ संस्थासँगको सहकार्यमा सप्ताहको पहिलो दिन सोमबार ट्राफिक सचेतनामूलक प्लेकार्डसहित ¥याली र उद्घाटन गरिएको छ । सप्ताहको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले प्रत्येक व्यक्ति सचेत भएमात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।
“साँधुरो र ग्रेड नमिलेका सडकमा सवारीसाधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको छ,” थापाले भने, “दुर्घटना कम गर्न सवारी चालक र यात्रुहरू बढी जागरुक बन्नुपर्छ, सडक प्रयोगकर्ता अनुशासित भए दुर्घटनामा कमी आउँछ ।”
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भूगोल र कच्ची सडकका कारण जिल्लामा दुर्घटना हुने गरेकोले यसको न्यूनीकरणका लागि सबैले ध्यान दिनुपर्ने औल्याए । पैदलयात्री जथाभावी बाटो काट्ने, सवारी चालकले ट्राफिक नियमको पालना नगर्ने जस्ता कार्यले थप दुर्घटना बढ्दा जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको ट्राफिक कार्यालय बागलुङका प्रमुख मीनबहादुर खड्काले बताए।
खड्काले सप्ताहमा चोक–चोकमा ट्राफिक प्रहरीसँग स्वयंसेवक परिचालन कार्यक्रम, जनचेतनामूलक पम्प्लेट वितरण, पैदलयात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामीण सडक लक्षित प्रशिक्षण, सवारी चालक र परिचालकलाई प्रशिक्षण दिने बताए ।
यस्तै, सिट क्षमता अनुगमन, सडक प्रयोगकर्ता प्रशिक्षण, यात्रु सचेतना, शैक्षिक संस्थामा विद्यार्थीलाई प्रशिक्षण, विद्यार्थीलाई ट्राफिक सचेतना, सेना, सशस्त्र र प्रहरीलाई प्रशिक्षण, ग्रामीणस्थलमा सचेतना, सवारी चालकको स्वास्थ्य जाँच, स्टिकर टाँस, मास्क वितरण, सवारीको छत हुट अनुगमन, सिट क्षमता, बढी भाडा र आरक्षण सिट अनुगमन, लघु सचेतना कार्यक्रम र यात्रु सचेतना कार्यक्रम गरिने खड्काले जानकारी दिए ।
ट्राफिक प्रहरीले सप्ताहको अवसरमा चालक र परिचालकलाई प्रशिक्षण गरी पोसाक प्रयोग जुत्ता लगाएको नलगाएको, ओभरटेक गरे नगरेको सम्बन्धि प्रशिक्षण दिने र अन्तिम दिन सप्ताहको समीक्षा र सवारी दुर्घटनाबाट ज्यान गुमाएकाको सम्झनामा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार