बयानमा अख्तियार प्रमुख राई पनि मुछिए, थप प्रमाण जुटाउँदै प्रहरी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार ११:३२:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/premkumar_yPOe5zNcAZ_oxAI3eJgff.png)
२९ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई पनि जोडेका छन् । भूटानी शरणार्थीको कोटामा अमेरिका पठाइदिने नाममा ठगेको आरोपमा टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीले प्रहरीको हिरासतबाट बयान दिने क्रममा प्रेम राईलाई पैसा बुझाउनु पर्छ भनेर उठाएको बयान दिएका छन् ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा राईले बालकृष्ण पन्थीको संयोजकत्वमा भूटानी शरणार्थीको दीर्घकालिन समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेका थिए । सोही कार्यदलको प्रतिवेदनमा चलखेल गरेर गिरोहका नाइकेहरूले पैसा उठाएको तथा सो पैसा राईलाई समेत दिनुपर्ने भनेकाले आफूले त्यसै गरी पैसा लिएर बुझाएको हिरासतमा रहेका केसीले बयानमा भनेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई वैशाख २५ मा पक्राउ गरेको हो । ५१ वर्षीय रामशरण दाङका स्थानीय हुन् । अहिले धापासीमा घर बनाएर बसेका केसीले शरणार्थीको नाममा ठगेको प्रहरीको आरोप छ । तर, उनले आफैँ ‘पीडित रहेको’ भन्दै अख्तियारमा उजुरी गरेको भेटिएको छ । २०७८ मंसिर ३ मा रामशरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका हुन् । ०७६ जेठ ३० गते गृहमन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन भयो। कार्यदलको संयोजक मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीलाई बनाइयो ।
सुरुमा पन्थीलाई संयोजक मात्र तोकिएको थियो तर पछि कार्यदलमा तत्कालीन सांसद टोपबहादुर रायमाझीको सल्लाहमा माओवादीका कार्यकर्ता गणेश केसीलाई विज्ञ सदस्यका रूपमा राखियाे। केसी ललितपुरका स्थायी बासिन्दा थिए । अवकाशप्राप्त शिक्षक केसी ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष हुन् । कार्यदलको सदस्यसचिवमा गृह मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने तोकिए । कार्यदललाई भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउनेसहित ६ बुँदे कार्यादेश र दुई महिनाको कार्यविधि दिइएको थियो । त्यही प्रतिवेदनको आधारमा गिरोहका नाइेकहरुले राईलाई समेत बुझाउनु पर्ने भन्दै रकम उठाएका थिए ।
बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थप गर्न लैजाँदा अनुसन्धान अधिकृतले रामशरण र उनीसँगै पक्राउ परेका गोविन्द चौधरीलाई पनि उपस्थित गराए । ‘पैसा कसलाई दिएको ?’ भन्ने प्रश्नमा खाँणकै अगाडि उभिएर रामशरणले भने,‘केशव दुलाललाई बुझाएका थियौँ, उनले गृहमन्त्री र प्रधानमन्त्रीलाई दिनुपर्छ भनेका थिए ।’ मोरङ घर भएका दुलाल पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाको स्वकीय सचिव थिए । केपी ओली नेतृत्वको सरकार हुँदा केशव प्रसाद दुलालले भने अनुसार ३४ जनासँग १० लाखको दरले रकम उठाएर दिएको उनले जिकिर गरेका छन् । सो विषयमा केसीले अख्तियारमा उजुरी समेत गरेका थिए । ‘ईन्द्रजित र तपाई (प्रेम कुमार राई) लाई रकम दिएपछि हामीलाई भुटानी शरणार्थीको कोटामा अमेरिका पठाइदिन्छु भनेर दुलालले ३ करोड ४० लाख बुझेका थिए’ अख्तियारमा उनले दिएका उजुरीमा भनिएको छ,‘सो रकम फिर्ता गरिपाऊँ ।’ तर राईले त्यो उजुरीमा कुनै पनि कारबाही नै नथाली तामेलीमा राखेका थिए ।
राम बहादुर थापा गृहमन्त्री हुँदा प्रेम कुमार राई गृह मन्त्रालयको सचिव थिए । राईपछि अख्तियार प्रमुखमा नियुक्त भएका हुन् । भुटानीको नाममा ठग्ने गिरोहले २०७६ मंसिर १७ मा मन्त्रिपरिषदबाट स्वीकृतिका लागि पठाएको प्रस्ताव पनि आफूहरूलाई देखाएको केसीले जिकिर गरेका छन् । ‘सो प्रस्ताव स्वीकृत हुना साथ अमेरिका पठाउने भनेका थिए’ आयोगमा दर्ता गरिएको उजुरीमा भनिएको छ,‘२०७७ फागुन ११ मा सो प्रस्ताव स्वीकृत भएको र मुख्यसचिवले हस्ताक्षर गरेको पत्र पनि दुलालले मलाई भाइबरमा पठाएका हुन् ।’
अख्तियार प्रमुख प्रेम राईलाई सम्बोधन गरेर दर्ता गरिएको निवेदनमा लेखिएको छ,‘दुलाललाई पक्राउ गरि पाऊँ ।’ मुख्य आरोपी मध्यमा केशव दुलाललाई पक्राउ गर्न निवेदन दिएका रामशरण अहिले दुलालसँगै हिरासतमा छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार रामशरणले दाङ घर भएकाहरूसँग रकम उठाएका थिए । प्रहरी हिरासतमा रहेका केसीले दुलाल र इन्द्रजीत मार्फत अख्तियार प्रमुख राईले पैसा लिएको बताएपछि यति बेला सो प्रकरणमा राईपनि तानिने संभावना बढेको छ । ‘यो विषयमा हामी प्रमाण खोजिरहेका छौ, प्रमाण जुटेमा बयानमा आरोप लागेकाहरूलाई अनुसन्धान गर्न कसैले पनि छेक्दैन’, काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार