जसपाको विधान अधिवेशन प्रतिनिधि ७७८ हुने
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १४:५५:३८
३१ वैशाख, काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो ।
२ वा २ भन्दा बढि प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको सङ्ख्या तोकिएको छ । मातहत समिति र संगठनहरुलाई जेष्ठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाले शुक्रबार परिपत्र जारी गरेको छ । अधिवेशनमा प्रतिनिधित्व गर्ने सङ्ख्या निम्नानुसार तय भएको छ ।
केन्द्रीय समिति ४२३ जना, ७ प्रदेश समितिबाट ४९ जना, १० वटा राष्ट्रिय समितिबाट ५० जना, ३ वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट १३५ जना, ५ वटा महानगरपालिकाबाट ५ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । ट्रेड युनियन महासंघ, विद्यार्थी, युवा, महिला, कानून व्यवसायीबाट २र२ जना प्रतिनिधि हुने छन् ।
बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासंघ, किसान महासंघ, आदिवासी जनजाति महासंघ, खेलकुद महासघ, साँस्कृतिक महासंघ, पिछडा वर्ग महासंघ, शिल्पी दलित महासंघ, थारु संघ, मुस्लिम संघ, सुकुम्वासी संघ, प्रेस युनियनबाट १र१ जना प्रतिनिधि हुने छन् । बैठकले मधेस प्रदेश समितिलाई, प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुलाई थप प्रतिनिधिको व्यवस्था गरेको छ ।
जस अनुसार मधेस प्रदेश समितिलाई ५ जना, प्रदेश १ का धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट ४र४ जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट ५र५ जना थप प्रतिनिधि रहने छन् । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई ४र४ जना थप प्रतिनिधिको व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार