खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार ११:४२:४७
३ जेठ, खोटाङ । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ ।
दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय ४० जनालाई बुस्टर डोज लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । यसअघि बुस्टर डोज लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लगाइने छ ।
गत वर्ष चैत २४ गतेदेखि वैशाख १९ गतेसम्म जिल्लाका छ हजार जनालाई बुस्टर डोज दिइएको थियो । राष्ट्रिय जनगणना, २०७८ अनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको खोटाङमा एक लाख सात हजार ४२ जनाले यसअघि नै कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको सिग्देलले बताए । कोरोना भाइरसको सङ्क्रमणका कारण खोटाङमा १५ जनाको मृत्यु भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा एक थान भेन्टिलेटर, सात एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामै रहेको सिग्देलले जानकारी दिए ।
महामारीको समयमा जिल्लामा स्थापना गरिएका अधिकांश कोभिड अस्पताल हाल बन्द छन् । हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी र साकेला गाउँपालिकामा यसअघि स्थापना गरिएका कोभिड अस्पताललाई सामान्य 'अन्य अस्पताल सरह' परिवर्तन गरेर नियमित बिरामी उपचार गर्नेगरी सञ्चालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार