गणेश शाही निर्देशित मंजिलेमा राहुल र आश्मा भिडियो
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १८:३७:२
१० जेठ, काठमाडौं । गायक सुदन गैरेको सुमधुर स्वरमा रहेको हिन्दी गीत 'मंजिले'को म्यजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका ममता गुरुङको समेत स्वर सुन्न सकिन्छ। अनिल संग्रौला र शंकर थापा 'स्माइल'ले सयुक्त रुपमा यस गीतलाई लेखेका हुन्।
शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट बनेको छ ।
इन्डियन डान्स रियालिटी प्रतियोगितामा सहभागी हुन संघर्ष गरिरहेको एक प्रेमिल युवा जोडीको जीवनमा आइलागेको दुखद दुर्घटनाको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ। करिब ६ मिनेटको भिडियोमा निर्देशक गणेश शाहीले राम्रो कथा प्रस्तुत गरेका छन्। म्युजिक भिडियो पूरै हेरिसकेपछि एउटा राम्रो तर दुखद कथाले भरिएको फिल्म हेरेको प्रतीत हुन्छ।
‘स्याड भर्जन’ यस गीतको भिडियोमा एक प्रेमिकाले आफ्नो प्रेमीलाई गरेको प्रेमलाई देखाइएको छ । यो गीतको भिडियोमा राहुल शाह व्हील चेयरमा देखिएका छन् भने आश्मा बिश्वकर्मा उनकी प्रेमिका बनेकी छिन्। राहुल शाहको कन्सेप्ट र कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई पवन सुस्लिङले छायाँकन र सम्पादन गरेका हुन्।
प्रतिमा शर्मा निर्मात्री रहेको यस गीतको भिडियोलाई 'राइट ट्युन इन्टरटेन्मेण्ट' नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपाली कलाकारहरुले अन्तरास्ट्रिय संगीत बजारमा आफ्नो कला र संगीतको उपस्थिति जनाउनुपर्छ भन्ने सकारात्मक संदेश दिनको लागि आफ्नो निर्माण टिमले यो सिर्जना ल्याएको गायक गैरेले बताएका छन्। आफ्नो यस सिर्जनालाई हेरेर सुनेर प्रतिक्रिया दिन उनले सबैलाई आग्रह समेत गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार