नेकपाको केन्द्रीय समितिको बैठक शिवगढीमा सुरु
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १३:१७:२२
११ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नवौं केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ । कपिलवस्तुको केन्द्रीय कार्यालय शिबगढीमा आज बिहान सुरु भएको हो ।
कर्णजित बुढा ‘सुशिल’ नेतृत्वको पार्टीसँग एकतापछि बसेको यो पहिलो बैठक हो । बैठकलाई एकताको बिशेष बैठक’ नाम दिइएको छ । बैठमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘क्रान्तिकारीबीचको एकतालाई अगाडि बढाऊ, एकीकृत जनक्रान्तिलाई सुदृढ गेरौं’ शीर्षकको १० पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
यसअघि बुधबार नेकपाको स्थायी र पोलिटब्यूरो कमिटी बैठक बसेको थियो । नेकपामा महासचिव पद शीर्ष मानिएको छ । केन्द्रीय समितिको बैठकमा पार्टी एकताकाे अनुमाेदन तथा मुलुकको राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यक्रमबारे निर्णय लिने बैठकमा सहभागी नेताहरुले बताएका छन् । बैठक ३ दिनसम्म चल्ने बताइएको छ ।
प्रचण्ड र वैद्यबाट अलग भई २०७३ मा पुनर्गठित नेकपाले वर्तमान व्यवस्थालाई अस्वीकार गर्दै आइरहेको छ । उसले वर्तमान संसदीय व्यवस्थालाई ‘दलाल पूँजवादी संसदीय व्यवस्था’को संज्ञा दिँदै यसलाई विस्थापित गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गर्दै आइरहेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
संसदीय छानबिन समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा लगानी गरेका सहकारीको कागजात
असार १२, २०८१ बुधबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार