मेरी बास्सैबाट छुट्टिएका घिरौंले र बैकुण्ठले ल्याए ‘भाविको लेखान्त’
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १४:४४:५७
१५ जेठ, काठमाडौं । टेलिसिरियल ‘मेरी बास्सै’मा घिरौंले र बैकुण्ठ नामले चिनिएका लेखान्त भुषाल र रमेश बुढामगरले नयां सिरियल ल्याउने भएका छन् । मेरी बास्सैबाट छुट्टिएपछि उनीहरुले नयाँ टिम बनाएर सामाजिक कथामा आधारित भाविको लेखान्त नामक सिरिज निर्माण गरेका हुन् ।
बिहिबार काठमाडौंमा आयोजित प्रोमो सार्वजनिक कार्यक्रममा आगामी जेठ १४ गते आइतवार बेलुका ५ः४५ बाट लेखान्त अफिसियल युट्युबमार्फत प्रशारण हुने जानकारी गराइयो । यस सिरिजको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् । धादिङमा खिचिएको यस सिरिजको ८ भाग तयार गरिएको छ भने बाँकी भागको छायांकन बिस्तारै हुने जानकारी गराइयो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भाविको लेखान्तलाई शुभकामना दिए । उनले पछिल्लो समय सिरिजबाट पनि दर्शकले निकै मनोरन्जन लिन थालेको र चलचित्रमा अभिनय गर्ने कलाकारहरु पनि सिरिजमा व्यस्त भएको देख्दा खुसी लागेको बताए ।
सिरिज निर्माणमा मुख्य सहयोगीको भुमिकामा रहेको हाउजर पेनका बागमती अञ्चल वितरक भुवन के पोखरेलले लोकप्रिय कलाकारहरु रहेको र सामाजिक कथामा निर्माण भएको भाविको लेखान्त सिरिजमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।
कार्यक्रममा कलाकार तथा निर्देशक दमन रुपाखेती, बेगम नेपाली, इन्द्रदोङ लामा, सुनिता गौतम, सुमन न्यौपाने, दिपक आचार्य, गोविन्द्र कोइराला, पत्रकार डब्बु क्षेत्री लगायतले सिरिजको सफलताका लागि शुभकामना व्यक्त गरे । चलचित्र पत्रकार गोपिकृष्ण चापागाईँले शहजिकरण गरेको कार्यक्रममा रेडियो नेपालको नाटक शाखाका पुर्व निर्देशक आर जे सिंह, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा, पत्रकार तुल्सि गिरीको पनि उपस्थित रहेको थियो ।
सिरिजका निर्देशक सुरेन्द्र थापाले पछिल्लो समय भइरहेको सिरिजहरुको भिडमा आफुहरु पृथक भएर अघि बढ्ने र दर्शकको माया पाउने विश्वास राखे । त्यस्तै, निर्माता लेखान्त भुषालले आफुलाई मेरी बास्सै सिरियलमा जस्तै दर्शकले माया दिनेमा विश्वस्त रहेको बताए ।
कार्यक्रममा बिशिष्ट अतिथि दमन रुपाखेतीले मिडिया हवबाट सन्चालित मेरिबास्सैका धेरै कार्यक्रमा बाहिरिएर आ-आफ्नो तरिकाले सिरिज निर्माण गरिरहेको र सफल भइरहेको बताए । उनले मिडिया हवले कलाकारहरुसँग सम्बन्ध राख्न नजानेको आरोप लगाए । उनले आफू पनि पछिल्लो समय दुईपटक पुनः जोडिएको तर निरन्तर काम गर्ने अवस्था नबनेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
जेठ १७, २०८१ बिहिबार
बलिउड फिल्म धड्कको सिक्वेलको घोषणा, सिद्धान्तको अपोजिट तृप्ती
जेठ १७, २०८१ बिहिबार
‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’
जेठ १७, २०८१ बिहिबार
नगर प्रमुखको आक्रोस : बजेट नदिएको झोंकमा मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
जेठ १७, २०८१ बिहिबार
विश्वकप वार्म-अप खेल : आज अमेरिकासँग खेल्दै नेपाल
जेठ १७, २०८१ बिहिबार
सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते
जेठ १७, २०८१ बिहिबार