संविधान संशोधनसहित नौ बुँदे माग राख्दै राजपाद्धारा आन्दोलनको घोषणा
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
चैत २७, २०७५ बिहिबार १:९:२६
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले शुक्रबार सबै जिल्लामा प्रर्दशन तथा कोणसभा गर्ने भएको छ । बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधनसहित नौ बुँदे माग राख्दै सबै जिल्लामा कोणसभा र प्रर्दशन गर्ने निर्णय गरेको हो ।
रेशम चौधरीलाई कञ्चनपुर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रुष्ट बनेको राजपाले सडक आन्दोलनको घोषणा गरेको हो ।
राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, रेशम चौधरीलाई रिहा गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्ने माग अघि सारेको प्रवक्ता केशव झाले जानकारी दिए ।
त्यस्तै जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचारी, कालोबजारी नियन्त्रण गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई बलियो बनाउनु पर्नेलगायतका माग अघि सारिएको महासचिव झाले बताए । बैठकमा महाधिवेशनको तयारीका बारेका पनि छलफल भएको र बैठक बिहीबार पुन बस्ने राजपाले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैतसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
गाजामा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित
असार १९, २०८१ बुधबार
वरियतामा हार्दिक पाण्डेय अलराउण्डरको वरियतामा शिर्ष स्थानमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार
अधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैतसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार