पेट्रोल पम्पमा रिमोट जडान गरेर ठगी आरोपीलाई खानेपानी मन्त्रालयको जिम्मा !
नेपालबहस संवाददाता
जेठ २७, २०८० शनिबार १४:५०:२७
२७ जेठ, काठमाडौं । सरकारले पाँच जना सचिव सरुवा गर्दै विवादित सचिव रामआधार साहलाई खानेपानी मन्त्रालयको जिम्मा दिएको छ । शुक्रबार सार्वजनिक गरिएको निर्णयअनुसार प्रधानमन्त्री कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, राष्ट्रिय योजना आयोग, उद्योग तथा खानेपानी मन्त्रालयका सचिवहरूको सरुवा भएको हो । योजना आयोगका सचिव केवल भण्डारीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।
श्रमका एकनारायण अर्याललाई प्रधानमन्त्री कार्यालय पठाइएको छ । भण्डारीले सचिव भएपछि पहिलो पटक मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी नौ महिनापछि सेवा निवृत्त हुँदैछन् । अर्याललाई श्रम मन्त्रालयमा राम्रो काम गर्ने सचिवका रुपमा हेरिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत (उद्योग) का सचिव तोयनारायण ज्ञवालीलाई योजना आयोग पठाइएको छ ।
खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयका सचिव रामआधार साहलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । साह सचिवमा बढुवा भएपछि ६ महिनादेखि प्रधानमन्त्री कार्यालयमा थिए । विज्ञान तथा प्रविधि मन्त्रालयको सहसचिव रहँदा नै उनी विवादमा मात्रै परेनन्, पक्राउ नै परेका थिए । भारतीय नाकाबन्दी रहेका बेला पेट्रोल पम्पमा रिमोट चलाएर ठगी गर्नेहरूकाे सूचीमा उनलाई पक्राउ गरेको थियो ।
साह गुणस्तर तथा नापतौल विभागको प्रमुख हुँदा पम्पहरूसम्म डिजिटल प्रविधि सुरु भएको थियो । तर, उनकै मिलेमतोमा पम्पहरुमा रिमोट जडान गरिएको पाएपछि प्रहरीले पक्राउ गरेको थियो । उनी विरुद्ध कालोबजारी तथा ठगीको मुद्दा लगाइएको थियो । तर, जिल्ला अदालतबाट सफाइ पाएपछि उनी पुनः जागिरमा फर्किएर बढुवा समेत भएको थियो । सहसचिव साहमाथि आर्थिकसँगै नैतिक आचरणलाई लिएर समेत प्रश्न उठेको कर्मचारीहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार