अख्तियारले समितिलाई दियो १० महिनामा २२ हजार उजुरी दर्ता भएको विवरण
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १२:१७:३
३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गित १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको विवरण राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई जानकारी दिएको छ । समितिसँग आज भएको छलफलमा उक्त जानकारी दिइएको हो ।
राष्ट्रिय सरोकार समितिले छलफलका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहितका पदाधिकारीलाई बोलाएको थियो । यसक्रममा १० महिनामा परेका उजुरीबारे जानकारी दिइएको हो ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका कामकारबाहीहरू, प्रमुख सवाल तथा समस्या, आयोगका सिफारिस कार्यान्वयन अवस्था, भावी कार्य योजना, समितिसँगको अपेक्षा र सहकार्यका क्षेत्रका बारेमा छलफल गर्न प्रमुख आयुक्त राईसहित आयुक्तहरू किशोर कुमार सिलवाल, जयबहादुर चन्द, डा. हरि पौडेल, डा. सुमित्रा श्रेष्ठ र सचिव रामेश्वर दंगाललाई छलफलका लागि बोलाएको थियो ।
छलफलका क्रममा अख्तियारको तर्फबाट सचिव रामेश्वर दंगालले हालसम्म भएका काम कारबाही, प्रगति विवरण समितिमा प्रस्तुत गरेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी संसद्मा विचाराधीन अवस्थामा रहेको विधेयक छिटो अघि बढोस् भन्ने चाहना रहेको बताए । उनले सरकारी कामसँग जोडिएका निजी संस्था र एनजिओमा पनि अनुसन्धान गर्ने व्यवस्था राख्नुपर्नेमा जोड दिए ।
सचिव दंगालले समितिको आइतबारको बैठकमा आर्थिक वर्ष २०७९÷८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको जानकारी गराएका हुन् । तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरीमात्र फर्छ्यौट भएको छ । २३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ ।
कसुर स्थापित भएको प्रतिशत पनि २०७९÷८० मै सबैभन्दा कम छ । यो आर्थिक वर्षमा जम्मा ३०.७ प्रतिशत कसुर स्थापित भएको छ । सबैभन्दा बढी आर्थिक वर्ष २०७५÷७६ मा ८८.२४ प्रतिशत कसुर स्थापित भएको अख्तियारका सचिव दंगालले जानकारी दिए ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी उजुरी फर्छ्यौट २०७८÷७९ मा ७०.५६ प्रतिशत भएको छ । यसैगरी सबैभन्दा कम २०७९÷८० मा ५६.३३ प्रतिशत उजुरी फर्छ्यौट भएको छ । अख्तियारका अनुसार २०७४÷७५ मा १९४८८, २०७५÷७६ मा २४०८५, २०७६÷७७ मा २५१५२, २०७७÷७८ मा २२६२५ र २०७८÷७९ मा २४३३१ उजुरी दर्ता भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार