प्रतिबन्धित रिसाइकल प्लाष्टिक दानाको आयात, भन्सारमा चल्दै आएको सेटिङ्गको कारोवार छताछुल्ल
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १९:२९:२८
१० असार, विराटनगर । सरकारले लामो समयदेखि आयातमा प्रतिबन्ध लगाएको रिसाइकल प्लाष्टिक दाना पटक पटक सेटिङ्गमा विराटनगर भन्सारको नाका प्रयोग गर्दै भन्सार जाँचपासमा संलग्न रहँदै आएका भन्सार एजेन्टका प्रतिनिधिले नेपाल भित्र्याउने गरेको रहस्य खुलेको छ ।
विराटनगर भन्सारमा भन्सार प्रतिनिधिका रुपमा लामो समयदेखि भन्सार जाँचपासमा संलग्न रहँदै आएका र भर्खरै मात्रै आयोग पास गरि भन्सार विभागले भन्सार एजेन्ट नियुक्त गरेका बासु नेपालका भन्सार प्रतिनिधि निरञ्जन अग्रवालले लामो समयदेखि भन्सार कर्मचारी कै सेटिङ्गमा सरकारले प्रतिबन्ध लगाएको रिसाइकल प्लाष्टिकको दाना नेपाल ल्याउने गरेको फेला परेपछि विराटनगर भन्सारमा चल्दै आएको सेटिङ्गको घटना सार्वजनिक भएको हो ।
गत हप्ता मात्रै सुनसरी जिल्लाको धरान उपमहानगरपालिका क्षेत्र भित्र उद्योगको कार्यालय राखी सुनसरीकै खनारमा उद्योग संचालन गर्दै आएको हनुमन्ता ग्रुपका नाममा भारतबाट आयात गरिएको तीन ट्रक करिब ६० हजार मेट्रिकटन रिसाइकल प्लाष्टिकको दाना विराटनगर भन्सारको आईसीपीमा आएपछि भन्सारमा चल्दै आएको सेटिङ्गको रहस्य खुलेको हो ।
वातावरण प्रदुषण एवं हानिकारक भएको भन्दै नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाएको जानकारी हुँदा हुँदै भन्सार प्रतिनिधि अग्रवालले सेटिङ्ग मै भन्सार जाँचपास गराउने प्रयास गरेपछि प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले उक्त दाना आयातमा रोक लगाएको बताएपछि उक्त प्लाष्टिकको दाना भन्सार यार्डमा नै थन्किन पुगेको हो । अहिले उक्त दाना छुटाउनका लागि भन्सार सेटिङ्गमा खप्पीस रहेका (भन्सार एजेन्ट बासु नेपालका भन्सार प्रतिनिधि) निरन्जन अग्रवाल प्रयासरत रहेको भन्सार स्रोतले नै बताएको छ । तर प्रमुख भन्सार अधिकृत ढकाल भने उक्त प्लाष्टिकको दान जफत गरी नष्ट गर्ने अभियानमा रहेको जानकारी पनि भन्सार स्रोतले नै दिएको छ ।
भन्सार ऐन अनुसार नेपालको आईसीपीमा आयात भएको उक्त प्लाष्टिकको दाना जफत गरी आयात गर्ने कम्पनीलाई सतप्रतिशत जरिवाना गर्ने कानुनी व्यवस्था रहेको जानकारी पनि उक्त स्रोतले दिएको छ । उता नेपालमा आयात प्रतिबन्ध लगाएको वस्तु आयात गर्ने हनुमन्ता ग्रुपका भन्सार प्रतिनिधि निरन्जन अग्रवाल उक्त दाना भारत नै फिर्ता पठाउने भन्दै प्रमुख भन्सार अधिकृत ढकालसँग हारगुहार गर्दै गरेको जानकारी पनि भन्सार स्रोतले दिएको छ ।
तर भन्सार ऐन अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भन्सारमा प्रवेश भइसकेको कुनै पनि वस्तु आयात प्रतिबन्ध वा हानिकार भएको अवस्थामा फेला परेमा जफत हुने कानुनी व्यवस्था रहेको छ । तर प्रमुख भन्सार अधिकृत ढकालले लामो समयदेखि विराटनगर भन्सारमा चल्दै आएको सेटिङ्गको कारोवारलाई अब के गर्ने हुन हेर्न बाँकी नै छ । विराटनगर भन्सारमा हनुमन्ता ग्रुपले आयात गरेको ३ ट्रक रिसाइकल प्लाष्टिकको दाना थन्किएको छ ।
नेपालमा कानुनी रुपमा भर्जिन प्लाष्टिक दाना मात्रै आयात हुँदै आएको र रिसाइकल प्लाष्टिक दाना आयातमा प्रतिबन्ध लगाएको जानकारी सुनसरी मोरङ औद्योगिक करिडोरमा प्लाष्टिक उद्योग संचालन गर्दै आएका एक उद्योगीले बताए । भर्जिन प्लाष्टिक दाना आयात गर्दा प्रतिकेजी दुई सय रूपैयाँसम्म मूल्य पर्ने तर रिसाइकल प्लाष्टिक दाना आयात गर्दा प्रतिकेजी एक सय २५ रूपैयाँ मूल्य मात्रै पर्ने हुँदा बढी मुनाफाका लागि केही छदमभेषी उद्योगीहरुबाट भन्सार सेटिङ्ग मै हानिकार वस्तु आयात गर्ने गरेको दावी पनि ती उद्योगीको थियो ।
रिसाइकल प्लाष्टिकको दाना गुणस्तर चिन्ह एन.एस. नपाएका प्लाष्टिकका पाइप र प्लाष्टिकको सुतरी बनाउने काममा प्रयोग हुने प्लाष्टिकको दाना हो । तर उद्योगहरूले पीपी, एलडी, एलएलडीपी र एसडी प्लाष्टिकका दाना मात्रै आयात गर्दै आएका छन् । यी प्लाष्टिकका दाना आयात गर्दा ५ प्रतिशत अन्तःशुल्क, १० प्रतिशत भन्सार र १३ प्रतिशत मुअकर भन्सारमा बुझाउनु पर्ने हुन्छ । रिसाइकल प्लाष्टिकको दाना विराटनगर भन्सारमा हनुमन्ता ग्रुपले आयात गरेको सम्बन्धमा प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाललाई पटक पटक फोन सम्पर्क राख्दा सम्पर्क हुन सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार