झापाको दमकमा भट्टराई छोरीबुहारी सञ्जालले मनायो राष्ट्रिय धान दिवस
यज्ञप्रसाद भट्टराई
असार १५, २०८० शुक्रबार १३:१७:१९
१५ असार, काठमाडौं । भट्टराई कुलबंश प्रतिष्ठान महिला विभाग अन्तर्गत छोरी बुहारी सञ्जाल दमक नगर समितिले सामूहिक रुपमा रोपाइँ गर्दै राष्ट्रिय धान दिवस मनाएको छ । कृषि प्रधान देश नेपालमा असारको १५ गतेलाई अत्यन्तै महत्वका साथ हेर्ने गरिन्छ । मानो खाएर मुरी उब्जाउने असार र कृषि दुबै नेपालको लागि अत्यन्तै महत्वपूर्ण महिना पनि हो ।
देशको राष्ट्रिय आम्दानीको झण्डै ६५ प्रतिशत ओगटेको कृषिलाई अझबढी प्रभावकारी बनाउदै आधुनिक कृषि प्रणालीमा जोडन भट्टराई कुलबंश प्रतिष्ठान छोरीबुहारी सञ्जाल दमक नगर समितिले अत्यन्तै प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको भट्टराई कुलबंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले नेपालबहस डटकमलाई बताएका छन् ।
दमकमा छुट्टै पहिचान बनाउन सफल बन्दै गएको छोरीबुहारी सञ्जालले पारिवारिक एकता र सामाजिक सद्भाव जगेर्नामा समेत अतुलनीय सहयोग गर्दै आईरहेको छोरीबुहारी सञ्जालकि दमक नगर समितिका अध्यक्ष गंगा भट्टराईले बताएकी छन् ।
भट्टराई कुलबंश प्रतिष्ठान महिला विभाग अन्तर्गत छोरी बुहारी सञ्जालकी दमक नगर समितिका अध्यक्ष गंगा भट्टराईको अध्यक्षतामा सम्पन्न राष्ट्रिय धान दिवसमा प्रमुख अतिथि दमक नगर पालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं, विशिष्ट अतिथि भट्टराई कुलबंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, केन्द्रीय उपाध्यक्ष कृतिका भट्टराई, केन्द्रीय सचिव जिवराज भट्टराई, केन्द्रीय सदस्यहरु, जिल्ला सदस्यहरु, छोरीबुहारी सञ्जाल दमक नगर समितिका छोरीबुहारीहरु, छरछिमेकीहरु, लगायतको उपस्थिति रहेको सञ्जालकी नगर सहसचिव कबिता भट्टराईले बताएकी छन् ।
राष्ट्रिय धान दिवस कार्यक्रमकि संयोजक ज्योति भट्टराईको संयोजनमा सम्पन्न भएको कार्यक्रममा भट्टराई कुलबंश प्रतिष्ठानका दमक नगर अध्यक्ष बुद्धिशेखर भट्टराईले सहजिकरण गरेको थियाे । पञ्चैवाजा सहित मनाईएको राष्ट्रिय धान दिवसले नेपाली परम्परा र राष्ट्रिय एकताको झल्को दिएको देखिन्छ । दमक २ स्थित जयनारायण भट्टराईको खेतमा सामुहिक रुपमा दही चिउरा खाएर असार १५ लाई हर्सोल्लासपुर्ण रुपमा मनाईएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपलेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र
जेठ १८, २०८१ शुक्रबार
गलकोटमा रोपाइँको चटारो
जेठ १८, २०८१ शुक्रबार
जुम्लाका किसानलाई मार्सी रोपाइँको चटारो
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
एन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार
नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै
जेठ १८, २०८१ शुक्रबार
अनन्त-राधिकाको दोस्रो प्रि-वेडिङ समारोहमा हलिउड गायिका केट पेरीको परफरमेन्स
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं उपत्यकाभित्र त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको फन्टुस निर्णयविरुद्ध सर्वोच्चमा रिट, आइतबार प्रारम्भिक सुनुवाइ हुने
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार