सुदूरपश्चिममा ६० प्रतिशत जग्गामा रोपाइँ हुन बाँकी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १७:५०:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/ropai_7_zpJXnhjVPk_25jYIiTMKU.jpg)
१५ असार, सुदूरपश्चिम । रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ ।
आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिए ।
पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ । “रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएका ठाउँमा किसानले बोरिङ पम्पिङसेटबाट पानी तानेर पालौपैँचो गरी रोपाइँ धमाधम गरिरहेका छन्”, निर्देशनालयका निर्देशक जोशीले भने, “धान मुख्य खाद्यान्न बाली भएकोले कम्तिमा पनि एक दिन किसानको धान रोपाइँमा सबैले सघाउनु जरुरी भइसकेको छ ।”
सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । योमध्ये कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ ।
यस्तै डोटीमा १० हजार छ सय ७०, डडेलधुरामा छ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ । कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ ।
प्रदेशमा ७३ हजार छ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ । धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ । कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा नेपाली समाजमा धानको महत्त्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएकाले यसको उत्पादन र उत्पादकत्व वृद्धिमा सबैको सक्दो सहयोग खाँचो औँल्याउछन ।
मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । मनसुन सक्रिय रहे पनि आजसम्म कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुन सकेको छैन ।
पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ गतेसम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोगकिराको समस्या देखा पर्नसक्ने कृषि प्राविधिकको भनाइ छ । यसै बीच आज कृषि ज्ञानकेन्द्र कैलालीको पहलमा गोदावरी नगरपालिका–१ को बिजौरा गाउँमा २०औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार