एक्कासी हिलाम्मे मकैवारीमा ल्याण्ड भयो हेलिकप्टर !
नेपालबहस संवाददाता
असार १६, २०८० शनिबार १२:१२:४६
१६ असार, अर्घाखाँची । झमझम पानी परिरहेको बेला एकाएक घर नजिकै मकैवारीमा हेलिकोप्टर ल्यान्ड हुँदा हजुरलाई कस्तो लाग्ला ? यस्तो परिस्थितिको सामना गरिरहेकाहरुलाई त सामान्य लाग्ला तर सामान्य मान्छेहरूको त यो अवस्थामा होस हवास नै उड्छ ।
ठ्याक्कै यस्तै भएको छ, अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ७ बरवासमा । असार १५ गते साँझ करिब पाँच बजे स्याला स्थित हिलाम्मे मकैवारीमा एकाएक हेलिकोप्टर अवतरण हुँदा स्थानीयबासीहरु आतंकित भए । कुनै जानकारी विना एकाएक हावा सरी आएको हेलिकोप्टर हिलाम्मे मकैवारीमा ल्यान्ड हुँदा केही वेर सन्नाटा छायो ।
मौसम खरावीका कारण रनभुल्लमा परेर मकैवारीमा केही बेरका लागि ल्यान्ड भएको हेलिकोप्टर मौसम सुधार हुनासाथ गन्तव्यमा पुगेको छ । डोल्पाबाट बिरामी लिएर पोखराका लागि उडेको हेलिकोप्टर शुक्रवार अबेर पोखरा पुगेको जनाइएको छ ।
खास के भएको थियो घटना ?
विरामी लिनको लागि पोखराबाट डोल्पाको लागि हिडेको हेली एभरेष्टको हेलिकोप्टर बिहान सन्धीखर्क टुँडिखेलमा आकस्मिक अवतरण गर्यो । बिहान करिब साढे दश बजेतिर टुँडिखेलमा अवतरण गरेको हेलिकोप्टर सन्धिखर्कमा करिब आधा घण्टा बिताएर गन्तव्यतर्फ प्रस्थान गर्यो ।
डोल्पा पुगेपनि मौसम खराबका कारण तत्काल विरामी बोकेर हिड्न नसकेको हेलिकोप्टर डोल्पाबाट पोखराको लागि उडान भरेकोमा मौसम खरावीका कारण बीचबीचमा रोकिँदै यात्रा अगाडि बढायो । जस अन्तरगत दिउँसो करिब ४ बजेतिर अर्घाखाँची भुमिकास्थान वडा न ७ श्याला स्थित मकैबारीमा आकस्मिक अवतरण गरेको थियो । मौसममा केही सुधार आएपछि त्यहाँबाट पुन उडान गरेको हेलिकोप्टर सकुशल पोखरा अवतरण गरेको सहि हेलिकोप्टरका क्याप्टेन सुमन पोख्रेलले फोन मार्फत जानकारी गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार
आन्तरिक हवाई उडानतर्फ टिकटको अत्यधिक चाप, विमानस्थलको टर्मिनलमा यात्रुको थेगिनसक्नु भीड
असोज १८, २०८१ शुक्रबार
दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगको खेलाडी अक्सन आज हुँदै
असोज २०, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति
असोज २०, २०८१ आइतबार
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
असोज २०, २०८१ आइतबार
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
असोज २०, २०८१ आइतबार