आफनै नजिर लत्याउँदै समाज कल्याण परिषदको जग्गा भाडा प्रकरणमा अख्तियार किन बन्यो रमिते ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार ११:३९:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/samajkalaryan_sMrDp3deVN_hNLmqEeUQo.jpg)
१७ असार, काठमाडौं । कुनै पनि गलत क्रियाकलापबारे सम्बन्धित ठाउँमा सही सूचना दिनु सच्चा नागरिकको कर्तव्य हो । त्यसरी प्राप्त सूचना उपर आवश्यक समयभित्रै यथार्थ छानबिन गर्नु सम्बन्धित निकायको दायित्व हो । तर, जिम्मेवार प्राप्त त्यही निकाय समयमै सचेत भएन वा हुन चाहेन भने सबैतिर बेथिति र बदमासी बढेर जान्छ ।
सन्दर्भ भृकुटीमण्डपस्थित समाजकल्याण परिषदको स्वामित्वमा रहेको सरकारी जग्गा भाडामा लगाउने प्रक्रियामा गरिएको अनुचित कार्य हो । समयमै उजुरी पर्दासमेत भ्रष्टाचार नियन्त्रण सम्बन्धमा विशेष भूमिका निर्वाह गर्दै आइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक कदम नचालेर ‘प्रारम्भिक अनुसन्धान’का नाममा समय खेर फाल्नु नै अख्तियारको दुरुपयोग होइन ?
भ्रष्टाचार हुनका लागि लेनदेन गरिएकै हुनै पर्ने ? त्यो पनि देखाएरै ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना, उसलाई प्राप्त दायित्व, जिम्मेवारी पनि त्यही हो ? त्यसो भए अनुचित कार्य भनेको के हो नि ? जव अनुचित कार्यको सिलसिला अघि बढ्छ, त्यहीबाट भ्रष्टाचारको गन्ध आउने होइन ? आयोगले मान्छे र अवस्था हेरेर मुद्दा लगाउँछ ? कारबाही प्रक्रिया अघि बढाउँछ ? आफैंले गरेका विगतका निर्णय नजिर मानिँदैन ?
प्रसंग हो, २०७५ अर्थात् साढे चार वर्ष अघि समाज कल्याण परिषदको स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित जग्गा काठमाडौं फनपार्कले ‘कौडीको भाउँमा भाडामा लिएको’ भन्दै फनपार्क र जग्गाधनी समाजकल्याण परिषदका पदाधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्दा प्रतिरोपनी ७८ हजार ५ सय ७१ रुपैया न्यूनतम् मूल्य कायम गरेको थियो ।
अख्तियारको उक्त दावी अनुसारकै विशेष अदालतले फैसला पनि दिइसकेको अवस्था छ । तर, आयोगले काठमाडौं फनपार्कसँगै जोडिएको एकै किसिमको जग्गा गत वर्ष समाज कल्याण परिषदले भाडामा लगाउने क्रममा गरेको अनियमितता बारे उजुरी पर्दा समेत मौनता देखाउनु आश्चर्यकै विषय हो ।
जवकी, काठमाडौं फनपार्कमाथि प्रति रोपनी न्यूनतम् ७८ हजार ५ सय ७१ तोकेर आफैंले विशेष अदालतमा मुद्दा दायर गर्ने अनि २०७९ वैशाख ४ गते परिषदका तर्फबाट प्रकाशित बोलपत्रमा २५ रोपनी जग्गाको मासिक न्यूनतम् मुल्य ८ लाख ६ हजार ६ सय ६७ रुपैया न्यूनतम् मूल्य उल्लेख हुँदा मौनता देखाउने ? बोलपत्र सूचना प्रकाशित गरिँदा उल्लिखित रकम अनुसार प्रति रोपनी मासिक जग्गा भाडा ३२ हजार २ सय ६६ मात्र हुन आउँछ ।
बोलपत्रको सुरुवाती प्रक्रियामै अनुचित कार्यको गन्ध देखिनुका साथै उजुरी समेत पर्दा पनि अख्तियारले प्रारम्भिक अनुसन्धानका नाममा समय बर्बादै मात्रै गर्न मिल्ने विषय हो ? कम्तीमा त्यसै बेला बोलपत्र प्रक्रियामा हस्तक्षेप गरी नयाँ न्यूनतम् मूल्य तोकेर अर्को बोलपत्र आह्वान गर्न आदेश दिनु पर्दैनथ्यो आयोगले । त्यसो गर्न कुनै अनुसन्धान गरिरहनु पर्ने अवस्था थियो र ? आँखाकै अगाडि देखिने प्रमाण नै काफि थिएन र ? कि त्यसबेला आयोग चुक्यो ? वा, कोही व्यक्ति विशेषका लागि झुक्यो ? शंका÷उपशंका र प्रश्न त सदा रहिरहने छ ।
काठमाडौं फनपार्कका सन्दर्भमा अख्तियारले दायर गरेको मुद्दाको फैसला आएको पनि ३ महिना पुग्नै लाग्यो । तर, अचम्म आयोगको आँखा दुई तिहाइ मूल्य कम गरी न्यूनतम् मूल्य कायम गर्दै बोलपत्र आह्वान गर्ने निर्णयकर्ताहरु उपर अझै पुग्न सकेको छैन । सायद अझै पनि प्रारम्भिक अनुसन्धानकै नाममा उजुरीका चाड आयोगमै थन्किएका होलान् ?
अख्तियारले २०७९ जेठ १० गते दर्ता नम्बर सि–०४२३७९ लगायत परेका अन्य थुप्रै उजुरी उपर अविलम्ब अनुसन्धान अघि बढाओस् । साथै, पछिल्लो जानकारी अनुसार जग्गा भाडामा प्राप्त गर्ने व्यक्ति हरिगोपाल अमात्यले उक्त जग्गाको जिम्मेवारी अरू कसैलाई तोकेर आफू विदेशतर्फ पलायन भइसकेको अवस्था छ । सरकारी जग्गा टेण्डर प्राप्त व्यक्तिले सव–लिजमा दिने व्यवस्था नहुँदानहुँदै पनि यसरी गैरकानुनी तवरबाट ठेक्कामाथि ठेक्का लगाउँदा समेत समाज कल्याण परिषदको भृकुटीमण्डप सञ्चालन कार्यालय मौन रहनु अर्काे आश्चर्यको विषय बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई सफाइ
जेठ ३१, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार