मालिकका लागि बच्चा जन्माइदिन बाध्य पारिन्छन् हाउसमेडका रुपमा खाडी पुगेका महिला !
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १३:३७:२४
१७ असार, काठमाडौं । सरकारी लापरबाहीका कारण खाडी मुलुकमा अवैध तरिका र बाटोबाट कामदार पठाउन मेनपावर कम्पनी र दलालहरू विगत देखि नै सक्रिय छन् । यसरी अवैध बाटोबाट खाडीका विभिन्न मुलुकमा हाउस मेडका रुपमा पुगेका महिला कामदारमध्ये केही महिलाहरूलाई नि सन्तान मालिकका लागि सन्तान जन्माइदिन मेसिनका रुपमा प्रयोग गर्न थालिएको समाचारहरू बाहिरिन थालेको छन् ।
हाउसमेडका रुपमा अवैध बाटोबाट दुबई, मलेसिया, कतार पुर्याइएका महिलालाई धम्क्याएर र विभिन्न प्रलोभनमा पारेर बन्धक जस्तै बनाइने र मालिकले उनीहरूलाई विभिन्न अनैतिक कार्यमा संलग्न हुनसमेत बाध्य पार्ने गरेका धेरै उजुरीहरू सम्बन्धित देशमा रहेका दूतावास र काउन्सलरहरुमा पर्दा पनि नेपाल सरकारका तर्फबाट कारबाही त के के भएको हो भनेर बुझ्ने काम समेत हुँदैन ।
वैदेशिक रोजगार विभागले त्यसरी जाने कामदारको सुरक्षाका लागि विभिन्न सर्तले यति बेला नक्कली कागजातका आधारमा दिल्ली, मुम्बई र चेन्नाईबाट हाउसमेडका रुपमा महिला कामदार सप्लाई गर्न थालिएको छ । स्रोतको दावी अनुसार खाडीमा हाउसमेडका रुपमा पठाइने महिला कामदार मध्ये केही निःसन्तान दम्पतीका लागि बच्चा जन्माइदिन मञ्जुर भएर जाने युवतीसमेत भेटिन थालेका छन् । उनीहरुमध्ये केहीले सुरुमै यसका लागि मञ्जरीसमेत दिने गरेका छन् ।
यसरी बच्चा जन्माइदिन जाने महिला कामदारले दुई वर्षसम्म हाउसमेडका रुपमा गए पनि घरेलु कामदारकै भूमिका भने निर्वाह गर्नु पर्दैन । उनीहरूले घर मालिकलाई सन्तान दिएर फर्कनु पर्ने छ । त्यस्ता महिलाले यस्तो काम गरेवापत राम्रै आर्थिक लाभ पनि पाउने छन् । भविष्यमा बच्चा दावी गर्न वा अन्य कुनै कानुनी अधिकार खोज्न समेत खाडी मुलुकको कानूनअनुसार सजिलो नभएकाले रोजगारदाताले सुरक्षित र सजिलो उपाय मानेका छन् ।
निःसन्तान सम्पत्तिले सेरोगेसी पद्धतिबाट बच्चा जन्माउन चाहँदा विदेश र नेपालमै पनि ठूलो आर्थिक लगानी गर्नु पर्ने हुन्छ । त्यसमाथि पनि नेपालमा सेरोगेसी पद्धति अवैद्य छ र पनि ठूला अस्पतालले मोटो कमाईकै लागि गोप्य ढंगबाट सेरोगेसी पद्धति सञ्चालन गरिरहेका हुन्छन् । यो जानकारी सम्बन्धित सबै पक्षलाई भए पनि तैँ चुप मै चुपको अवस्था छ ।
खाडी मुलुकका मुसलमान समुदायले सेरोगेसी पद्धतिलाई धार्मिक रुपले पनि स्वीकार्न चाहन्छन् । उनीहरूमाथि बहुविवाह प्रथा बाधक छैन । त्यसैले बच्चा जन्माउन इच्छा अनुसार विवाह गर्न रोकटोक हुन्न । तापनि वैवाहिक जीवनको सफलताका लागि पछिल्लो समय आफ्नो जीवन पार्टनरसँग पनि उनीहरू सहमति अनुसार चल्ने गर्छन । यसका लागि बच्चा जन्माउन स्वास्थ्यका दृष्टिले असक्षम महिलाले ’साँप पनि नमर्ने लाठी पनि नभाँचिने’ भनेझैँ घरेलु कामदारका रुपमा महिलालाई भित्र्याएर आफ्नो लोग्नेको तर्फबाट बच्चा प्राप्त गरिदिनका लागि उक्त सम्बन्धलाई स्वीकार गर्न तयार हुन्छन्, साथै खुसी पनि ।
बस्, दुई वर्ष खाडीमा घरेलु कामदारका लागि गएकी महिला १० महिनामा बच्चा जन्माइदिएर त्यो बच्चा हुर्किसकेपछि त्यहाँबाट फिर्ता हुन्छिन् । यसै पनि हाउसमेडमा जान तयार महिला आर्थिक रुपमा कमजोर नै हुन्छन्, त्यसमाथि पनि कामै नगरी त्यो भन्दा बढी सुविधा प्राप्त हुने भएपछि त्यसरी जाने महिला पनि खुसी नै भेटिने गरेका छन् ।
स्रोतले गरेको दावी अनुसार यहाँनेर हाउसमेडका रुपमा बच्चा जन्माइदिने शर्तसहित जाने महिलाले भन्दा त्यो व्यवस्थापन मिलाइदिने मेनपावर कम्पनी वा दलालले मोटो रकम रोजगारदाताका तर्फबाट प्राप्त गर्ने गरेका हुन्छन् । त्यसरी एउटै महिला पठाउँदा दशौं कामदार पठाउँदा बराबरको आम्दानी हुने र पठाइएका महिलाबाट पनि कुनै गुनासो नआउने र भविष्यमा पनि समस्या नपर्ने ठम्याइँ मेनपावर सञ्चालक र दलालको हुने गर्छ ।
स्रोतका पछिल्लो अनुसार बच्चा जन्माइदिन राजी हुने महिला मात्र त्यसरी पठाइने गरिन्छ भने केहीलाई उहाँ पुर्याएर बाध्य बनाइन्छ । हाउसमेड भनेर पठाइने अनि उता पुगिसकेपछि बच्चा जन्माइदिने प्रस्ताव आएको खण्डमा अस्वीकार गर्न सक्ने भएकाले यतैबाट रोजगारदाताको इच्छाअनुसार नै युवती खोज्ने, उनीहरुलाई आकर्षक प्रलोभन देखाउने सबै काम मेनपावर सञ्चालक वा दलालबाट हुने गर्छ ।
यसरी पठाइएका महिलाबाट कुनै गुनासो कहीँकतै आउने नगरेको स्रोतले बतायो । अप्रेशन गरी बच्चा झिकिने भएकाले बच्चा जन्माइदिएको पनि कसैले चाल नपाउने भन्दै स्रोतले भन्यो, ’कति अविवाहित महिला पेट चिरेको दाग लिएर बच्चा उतै छाडेर फर्किने गरेका छन् । खाडीबाट फर्केकाहरूको शरीर बारे चासो राख्दा प्रष्ट हुन्छ ।’
नेपालका आधा दर्जन बढी मेनपावर कम्पनी यस्तो धन्दामा क्रियाशील रहेको स्रोतले बतायो । यस्तो धन्दामा क्रियासिल अधिकांश व्यवसायी ’मेनपावर राजनीति’ गर्ने नेता समेत रहेका छन् । यसरी हाउसमेडका रुपमा गएका र बच्चा जन्माइदिन राजी भएका कतिपय महिलाको स्वदेश फर्किएपछि वास्तविकता खुलेर घरबारसमेत बिग्रिएका छन् । यसैले यसप्रति नेपाल सरकार पनि सचेत हुन आवश्यक देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना
जेठ १७, २०८१ बिहिबार
विदेशमा होइन, स्वदेशमै केही गरौं
जेठ १४, २०८१ सोमबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मोटरसाइकल चोरीमा संलग्न ४ जना काठमाडौंमा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार