विभिन्न स्थानमा लागुऔषधसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १५:५:४७
१७ असार, काठमाडौं । झापाको झापा गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्रामसहित कन्काई नगरपालिका-२ बस्ने २८ वर्षीय गोपाल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाकै बाह्रदर्शी गाउँपालिका-६ माहारानी झोडा बस्ने ६१ वर्षीय नर बहादुर सुनारलाई अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । सुनारले लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजाहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहागनगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित भिमफेदी गाउँपालिका-५ बस्ने २४ वर्षीय रोहित मिजारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र-०३-००१ ज ३१५ नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको बहुदरमाई गाउँपालिका-७ भौटराटारबाट अवैध लागूऔषध गाँजाको धुलो १ केजीसहित सोही ठाउँ बस्ने ६५ वर्षीय महेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबहुअरीबाट खटिएको प्रहरीले साइकलयात्री महतोलाई जाँच गर्दा उक्त गाँजाको धुलोसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलालीको जानकी गाउँपालिका-५ अमौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ गाउँपालिका-५ बस्ने ३४ वर्षीय अनिल चौधरी र २२ वर्षीय पुरन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
धनकुटा, साँगुरिगढी गाउँपालिका-६ नमस्ते झरना छेउबाट अवैध लागूऔषध गाँजा ७३ केजी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उक्त झरना छेउमा बेवारिसे अवस्थामा रोकी राखेको बीआर ३८ इ ४०८४ नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार