गिरिजाप्रसाद कोइरालाले बाचुञ्जेल मलाई संरक्षण गर्नुभयो, बरु मैले उहाँलाई ठूलो धोका दिएँ : प्रचण्ड
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार ११:२६:११
१८ असार, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको निकटताले अहिलेसम्म नेपाली कांग्रेससँग सहकार्यको वातावरण बनिरहेको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा चाबहिल स्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त समयमा बिताएका क्षणको स्मरण गर्दै गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताए । उनले विगतमा गिरिजाले जस्तो कठिन परिस्थितिमा पनि संरक्षण गर्दा आफूले भने धोका दिएको बताए ।
गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको उनले बताए । आफूले पटक–पटक गल्ती गर्दा पनि गिरिजाले भने विश्वास गर्दै संरक्षण गर्न नछाडेको उनले बताए । ‘बरु मैले गल्ती गरें, उहाँले विल्कुल गर्नुभएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कतिपय सन्दर्भमा मैले गरेका प्रतिबद्धता जस्ताको तस्तै पूरा गर्न सकिँन । तर उहाँले मलाई कुनै न कुनै रुपमा संरक्षण गर्न छोड्नु भएन ।’
उनले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रस्ताव गर्न सकिँन, प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुले पटक पटक राजीनामा नदिनुस् भनिराख्नुभयो, अस्पतालमा भर्ना भएको बेला गिरिजाले आफूलाई एक्लै बोलाएर ‘सम्हाल्नुस् यो देश’ भनेको कुराले गिरिजाप्रति अगाध आस्था र विश्वास भइराखेको उनले बताए ।
उनले गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने भनेर पेश भएको प्रस्तावलाई मन्त्रिपरिषदबाट अघि बढाउने आश्वासन समेत दिए । प्रचण्डले कम्युनिष्टहरूको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताए । कम्युनिष्टहरूबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताए ।
विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताए । कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ, कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्ति प्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उनले बताए ।
उनले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने जमर्को भइरहेको बताए । ‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँ जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ,’ प्रचण्डले भने, ’हामीले व्यवस्था बदल्न साहस गयौ, जनताको अवस्था बदल्न सकेनौ, त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार