ललितानिवास जग्गा हिनामिनाका आरोपीमाथि संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति
थप ७ दिन हिरासतमा राख्न म्याद थप
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १६:५५:३४
१९ असार, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवास जग्गा प्रकरणका आरोपीहरुविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई यो प्रकरणमा संलग्नविरुद्ध लिखत किर्तेका साथै संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।
ब्युरोले यो प्रकरणमा जोडिएकाविरुद्ध मुलुकी ऐन २०२० को सरकारी लिखत किर्तेसम्बन्धी महलमा अनुसन्धान गर्न अदालतबाट अनुमति पाइसकेको छ । त्यसयता ९ जना पक्राउ परिसकेका छन् । किर्ते कसुरमा २५ दिनभित्र अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा पुर्याइसक्नुपर्छ । तर संगठित अपराध कसुरमा ६० दिनसम्म अनुसन्धान गर्न अनुमति हुन्छ ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि संगठित अपराध कसुर मुद्दासमेत आकर्षित भएका कारण पक्राउ परेकाहरुलाई ६० दिनसम्म अनुसन्धान गरेर (केहीबाहेक) मुद्दा चलाइएको थियो ।
सीआईबीका एसएसपी दिनेश आचार्यले अदालतबाट थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको बताए । अनुमतिअनुसार आरोपीहरुविरुछ किर्ते र संगठित अपराध गरी दुई कसुरमा अनुसन्धान हुने बताए । यसअघि ब्युरोले लिखत किर्ते कसुरमा मात्र अनुसन्धान गर्न ७ दिनको अनुमति पाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयात्रुहरूको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना
असोज १८, २०८१ शुक्रबार
चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
एक विदेशीसहित काभ्रेमा ७७ जनाको मृत्य, ७५ घाइते
असोज २०, २०८१ आइतबार
प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगको खेलाडी अक्सन आज हुँदै
असोज २०, २०८१ आइतबार