लम्पीस्किनबाट २५ हजार चौपाया मरे, १ लाख पुग्न सक्ने
संक्रमणबाट जाेगाउन र संक्रमितलाइ बचाउनेबारे अपनाइने सावधानीहरू
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १२:६:४
२० असार, काठमाडौं । मुलुकमा गत फागुनबाट देखिन सुरु भएको लम्पीस्किन रोग महामारीको रुपमा लिँदा हालसम्म २५ हजार चौपाया मरेको छ ।
पशु सेवा विभागले जनाए अनुसार ७६ जिल्लामा लम्पीस्किन फैलिइसकेको र महामारी स्तरबाट कमी आइसकेको छैन । यसबाट हालसम्म करिब ७ लाख पशु सङ्क्रमित छन् ।
गाई, भैंसी र गोरुमा यो रोग व्यापक मात्रामा देखिएको र यसबाट मुलुकको अर्थतन्त्रमा करिब १२ प्रतिशत योगदानमा ह्रास आउने नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ ।
गोरु बिरामी पर्ने र मर्ने घटनाका कारण पहाडी भूभागमा अहिले पनि धान रोपाइँमा मुश्किल परेको किसानहरुले बताएका छन् । रामेछापको दोरम्बा गाउँपालिका वडा नं. ७ का किसान लालध्वज लामाले आफ्नो टोलमा रहेका २२ घरमध्येमा भएका १४ हल गोरु सबै लम्पीस्किनबाट बिरामी परेर धान रोपाइँ गर्न नपाएको बताए ।
यो वडाका साविकका लखनुपुर गाविस ९ का करिब ९० हल गोरु बिरामी परेको उनले बताए । बिरामी परेपछि धानको बीउ छिप्पिए पनि रोपाइँ एकचौथाई किसानले गर्न नसकेका बताए । केही किसानले महंगो मूल्य तिरेर बजारबाट हाते ट्याक्टर लगेको उनले बताए । यस क्षेत्रमा गाई र भैंसीमा पनि संक्रमण देखिन सुरु भएको छ ।
लम्पीस्किन संक्रमण वस्तुमा उच्च ज्वरो आउने र शरीरभरि फोका उठेर थला पर्ने र मर्नेसम्मन स्थितिमा पुग्ने गरेका छन् । अहिलेसम्म यस क्षेत्रमा कतैबाट पनि औषधि खुवाउने वा भ्याक्सिन नपुगेको उनले बताए ।
पटकपटक खबर गर्दा पनि पालिकाले बेवास्ता गरेको सोही गाउँपापलकाका वडा नंं ४ का कृषक पेम सिंले बताए । रोग लागेका गाई, र्भैंसीले दूध दिने, गर्भ तुहिने, बहर र राँगाले प्रजनन गर्न सक्ने जस्तासमस्या देखिएको छ । उनीसँग रहेका हल गाेरू बिरामी पर्दा राेपाइँ गर्न नपाएकाे उनले बताए ।
वर्षभरि खेती चलाउन प्रयोग हुने गोरु र बालबच्चालाई खुवाउने दूध दिने गाई भैंसी थला पर्न थालेपछि स्थानीयमा चिन्ता मात्र नभई आर्थिक क्षतिको मारमा पुगेका छन् ।
परिषदका अनुसार हालसम्म १ लाख ८० हजार ९२२ पशुलाई खोप लगाइएको छ । लम्पीस्किनबाट सबैभन्दा धेरै सुदूरपश्चिममा र कम मधेस प्रदेशमा पशु सङ्क्रमित भएका छन् ।
विभागले संक्रमण फैलिन नदिने र संक्रमित चौपायालाई बचाउने उपायबारे विभिन्न सुझावहरु दिएको छ । संक्रमित पशुलाई अलग्गै राख्ने, प्रशस्त मात्रामा सफा पानी खान दिने लगायत सुझाव दिइएको छ ।
सरकारकाे उदासिनता
लम्पीस्किनको महामारी रोक्न र औषधि उपचार तत्काल गराउन संसद बैठकमा सांसदहरुले निरन्तर आवाज उठाउँदै आएपनि सरकारले ध्यान दिन सकेको छैन । सरकारले टर्की, जाेडर्न, सिंगापुरबाट भ्याक्सिन ल्याएकाे दाबी गरेपनि संक्रमित चाैपायासम्म पुगेकाे देखिँदैन ।
सुझावहरु ः
–ज्वरो घटाउनका लागि पारासिटामोल वा मेलक्सिकेम प्रयोग गर्ने ।
–घाउ चिलाउन कम गर्ने औषधिको प्रयोग गर्ने ।
–फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलहम प्रयोग गर्ने ।
–रोगका कारण शिथिल भएको पशुलाई आवश्यकता अनुसार स्लाइन दिने ।
–शरीरमा गिर्खाको सङ्ख्या अत्यधिक भएका पशुमा आइभरमेक्टिन सुई लगाउने ।
–घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाहअनुसार एन्टिवायोटिक सुई लगाउने ।
–रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने ।
–ज्वरो आएको पशुलाई आराम गराउने । जोत्ने, गाडा तान्ने काममा नलगाउने ।
–प्रशस्त मात्रामा सफा पानी खान दिने ।
–पातलो कुँडो वा नरम घाँस दिने, दाना, पानी राम्ररी नखाने पशुलाई सख्खर पानी वा गुँड पानी खुवाउने ।
–गोठमा झिँगा, भुसुना, लामखुट्टे लाग्न नदिन गोठ वरपर धुवाँ लगाउने ।
–आफ्नो गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई सामूहिक चरन, खर्क, आहालमा नलैजाने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित भएर रहने भो २०८१ सालको जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?
जेठ ७, २०८१ सोमबार
राफाहबाट आठ लाख मानिसहरू विस्थापित
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त
जेठ ७, २०८१ सोमबार
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
जेठ ७, २०८१ सोमबार