प्रेस यूनियनको दवावपछि २४ घण्टामै सूचना विभागले रद्द गर्यो सूचना, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई राहत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १८:२९:५
![](https://nepalbahas.prixacdn.net/media/albums/suchana_21Cz1FBwix_cgqnFi8xz0.png)
२० असार, काठमाडौं । सूचना तथा प्रशारण विभागले स्वरोजगारमूलक लगानीमा संचालित साना सञ्चारमाध्यमको घाटी निमोठ्न हिजो जारी गरेको सूचना २४ घण्टा नबित्दै रद्द गरी पुरानै सूचना र प्रावधान कायम गर्ने भएको छ । नेपाल प्रेस युनियनको दवावमा सूचना तथा प्रसारण विभागले आफ्नो पुर्ववत अडानबाट पछि हट्दै हिजो जारी गरेको सूचना वेबसाइटबाट तत्काल हटाएको हो ।
यस अघि ५ जना भन्दा कम दरबन्दी भएका सञ्चार गृहहरूले विवरण पठाउँदा पहिलो पटक न्यूनतम् पारिश्रमिक प्रदान गर्ने प्रतिबद्धता पेस गरे हुने साबिकको व्यवस्था परिवर्तन गर्दै आगामी आर्थिक बर्षदेखि ५ जना भन्दा कम दरबन्दी भएका सञ्चार गृहले पनि अनिवार्य रुपमा तलबी विवरण (payroll) प्रमाणित गरी सम्बन्धित बैंकको तलब भूक्तानी गरिएको प्रमाणित पत्र पेश गर्नुपर्ने उल्लेख थियो । सो व्यवस्थाको साना लगानीमा सञ्चालित स्वरोजगार मिडियाका संचालकहरुले आपत्ति प्रकट गर्दै गम्भीर चिन्ता प्रकट गरेका थिए ।
सो व्यवस्थाले साना लगानीमा सञ्चालित स्वरोजगारमूलक हजारौं सञ्चार गृह प्रभावित भएका थिए । सो प्रावधान तत्काल संशोधन गर्न अन्यथा आन्दोलनको आँधीबेरी सामना गर्न तयार रहन भन्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग विभागका महानिर्देशक शंकर नेपालले सहमति गरेका हुन् । टोलीमा यूनियनका अध्यक्ष लम्सालसहित उपाध्यक्ष जीवन भण्डारी, महासचिव दीलिप पौडेल लगायतका नेताहरु सहभागी थिए ।
पे-रोल विवरणमा कर कट्टीदेखि सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका झण्झटिला प्रावधानहरू राखिएकाले त्यसले साना लगानीमा सञ्चालित स्वरोजगारमूलक मिडियाको खर्च बढ्ने र समस्यामा पर्ने भन्दै युनियनको टोलीले हिजो जारी सूचनाको ४ नं. बुँदा हटाउन माग गरेको थियो । अध्यक्ष लम्सालको नेतृत्वको टोलीले सो बुँदाले साना लगानीका स्वरोगारमूलक सञ्चार गृह मर्कामा पर्ने भएकाले त्यसलाई हटाउनु पर्ने, अरू व्यवस्थालाई भने कडाईका साथ कार्यान्वयन गर्न प्रेस रजिष्टार समेत रहेका महानिर्देशक नेपाललाई आग्रह गरेको उपाध्यक्ष जीवन भण्डारीले नेपालबहसलाई जानकारी दिए ।
साथै युनियनको टोलीले ठूला सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारलाई अनिवार्य नियुक्ति पत्र दिनुपर्ने प्रावधान अक्षरश लागु गर्न पनि महानिर्देशक नेपालको ध्यानाकर्षण गराएको उपाध्यक्ष भण्डारीले जानकारी दिए । प्रेस युनियनको ताजा कदम पछि देशभर सञ्चालित हजारौं सञ्चार गृहले राहत महशुश गरेका छन् भने युनियनको नेतृत्वलाई आभार प्रकट गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुनियन र चौतारी निरीह बन्दा माओवादी षडयन्त्रको शिकार भयो पत्रकार महासंघ
असार ९, २०८१ आइतबार
काठमाडौंका मेयर बालेनविरुद्ध कबाड व्यवसायीको नाराबाजी ( फोटोफिचर )
असार २, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार