इजि कहाँ छ र अमेरिकामा ?
सानुबाबु सिलवाल
असार २३, २०८० शनिबार ११:३३:५९
इजि कहाँ छ र अमेरिकामा ? सोचे जस्तो, भनेजस्तो गफ गरे जस्तो, धक्कु लगाए जस्तो, एकछिनलाई आफू ठुलो हुन अरूको नजरमा आफूलाई उच्च देखाउन जिब्रो बजारे जस्तो सहज र सजिलो छैन अमेरिका। मनग्गे श्रम नगरे सम्बृद्धि टाढै छ भने भयो। धेरैलाई सफल हुन मन छ अमेरिकामा। सात समुन्द्र पार गरि जन्मभूमि त्यागेर हिँडेपछि प्रवासमा केही न केही त गर्नै पर्छ भन्ने जमात छरपस्ट छन अमेरिकामा पनि। साहु कहाँ काम गर्दागर्दै थकित मनहरु, अर्काकोमा श्रम गर्दागर्दै आफै केही गरौं भन्ने अर्को जमात, सिडमनि सानो स्रोत र साधनबाट सम्बृद्धिका लागि केही न केही आफ्नै व्यवसाय अर्थात् स्वरोजगार गरौँ भन्ने अर्को जमात पनि प्रशस्त छन अमेरिकामा।
जीवन शुन्यबाटै शुरु हुन्छ यहाँ। सिक्नु पर्छ शुन्यबाटै। नसिके, नजाने, जान्न मन नगरे, नेपालको शिक्षा, नेपालको सर्टिफिकेट र नेपालकै प्रवृत्तिले अवसर र सुख प्राप्ति त नसोचे पनि भयो यो मुलुकमा। केही सिक्नु, केही जानेर मात्रै हुँदैन दिन र दैनिकी चलाउन घोडा धस्नै पर्ने हुन्छ केही सालका लागि। बाउ, बाजे, सासु ससुरा, मामा माइजु, काका काकीको धन, काला धन बोरामा बोकेर ल्याए अर्कै नत्र अमेरिकामा नै केही गर्नका लागि तपाईँसँग सिड मनि हुनै पर्ने हुन्छ साथमा अन्यथा तपाईँले जिरो अर्थात् शून्यबाट कुनै डेग चल्नेवाला छैन यहाँ।
चिट्ठा पर्नु पर्यो कि त ? एक हजार डलरबाट साना व्यवसाय, घरबाट चल्ने व्यवसाय, मोबाइल अर्थात् घुम्ती व्यवसाय, पोर्टेबल अर्थात् साथसाथै साथमा बोकेर हिँड्ने व्यवसाय, रिटेलिङ्ग अर्थात् खुद्रा व्यवसाय यस्ता थुप्रै व्यवसाय छन जुन सन्चालनका लागि धेरै डलर लगानी गर्नै पर्दैन अमेरिकामा। मात्र तपाईँसँग इच्छा शक्ति, लगनशीलता, धैर्यता र अलिकति कमनसेन्सको जरुरत पर्ने हुन्छ। जसका लागि तपाईँलाई आफूले आँटेको, चाहेको सानो व्यवसायको ज्ञान, तालिम अर्थात् क्षमता अभिबृद्धि चाहि चाहिन्छ है। कि आफूसँग जानेको मानिस, अनुभवी मानिसको साथ हुनु पर्यो।
हैन केही डलर अर्थात् बियाँ पुँजी जम्मा गरौं र अलि राम्रै अर्थात् अलि गतिलै कमाइ हुनसक्ने वा लगानी राम्रै गरि प्रतिफल भनेजस्तो पाउनका लागि तपाइसँग केही रकमको जोहो चाहि हुनु पर्दछ। त्यसका लागि कम्तीमा तपाईँले अमेरिकामा ५ बर्ष कडा परिश्रम गर्न जरुरी छ। त्यसका लागि भोज भतेर, रमाइलो, मनमोजी, नेपाली समाज, गेट-टुगेदर, हाता नलाग्ने समाजसेवा चाहि केही वर्षका लागि विदावारी गर्नुपर्ने हुन्छ अमेरिकामा। ठूला शहर, महङ्गा शहर, महङ्गो बस्ती, मोजमस्ती, सपिङ्ग, कमाएको जति बालुवामा हाल्ने काम आजैबाट छोडिदिनोस।
भोलिबाटै कमाइ नहुने, कमाएर बढि खर्च हुने, सेभिङ्ग गर्नै नसक्ने र भीडभाड छोडिदिनोस। अमेरिकाको गाउँ अर्थात् कन्ट्रिसाइड तिर पस्नुहोस्। कम्तीमा ८० घन्टा हप्तामा काम गर्नुहोस्। कम्तीमा तपाईँले कमाएको वार्षिक ३५ हजार डलरमा अमेरिकी गाउँमा तपाईँले बर्षमा २० हजार डलर जोगऔन सक्नु भयो भने २० देखि २५ हजारसम्म बचत गर्न सक्नु भयो भने ५ बर्षमा तपाईँसँग सिडमनि र क्रेडिट कार्ड थपथाप गर्दा तपाइ र तपाईँको एक्लो परिवारका लागि राम्रै व्यवसाय चलाउन सक्नुहुनेछ। यो एउटा एजम्सन म्याथ हो। तर हाइपोथेटिकल चाहि हुँदै होइन। यो भन्दा राम्रो पनि गर्न सक्नुहुनेछ।
पे चेक टु पे चेक, ४० घन्टा काम मात्र, निम्नतम ज्याला, खर्चालु बसाइले तपाइको सम्बृद्धिको चाहना सम्भव नै छैन अमेरिकामा। भोलिको दिन भन्न सकिन्न, तपाई आफू नसक्दा, नभ्याउँदा र बाहिर हिँड्दा पनि तपाइको आम्दानी आइ नै रहने मार्गको खोजीका लागि अमेरिकामा आफ्नो साहु आफै बनि आफ्नो पे चेक आफै काटौँ, अमेरिकामा आर्थिक स्वतन्त्रताका लागि साना व्यवसाय मुख्य विकल्प हाे।
सानुबाबु सिलवाल
लामो समय नेपालमा पत्रकारितामा संलग्न रहेका सिलवाल वातावरण पत्रकार समाज (सेज नेपाल)का संस्थापक अध्यक्ष हुन । अर्थशास्त्र र मनोविज्ञान विषयमा स्नातकोत्तर गरेका वरिष्ठ पत्रकार सिलवालले नेपालमा रहँदा धेरैवटा साप्ताहिक पत्रिकामा वातावरण, आर्थिक, राजनीतिक, सामाजिक तथा मनोरञ्जन विटमा कलम चलाएका छन् ।
वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सञ्चार सल्लाहकार रहिसकेका सिलवाल वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणमा विशेष योगदान गरेवापत राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भइसकेका छन् ।
१९ वर्षदेखि अमेरिकाका विभिन्न शहरमा व्यापार व्यवसाय गरेर बसेका सिलवाल सामाजिक अभियन्ता पनि हुन् । अमेरिकामा रहेका नेपालीहरूको दुःख पीडामा मलम लगाउँदै अभियन्ताको पहिचान बनाएका समाजसेवी सिलवाल नेपाल अमेरिका चेम्बर अफ कमर्सका कार्यवाहक सभापति समेत रहेका छन् ।
राज्य संयन्त्रको केन्द्रमै भ्रष्टाचारः कस्तो सरकार, कस्ता दलहरू ?
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार