महाकालीको मूलनहरमा बगिरहेको पानी सुनबरा छाडियाे
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १५:४६:२७
२६ असार, महेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूलनहरमा बगिरहेको महाकाली नदीको पानी शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदीमा छाडिएको छ ।
डेढ दशकको अवधिमा यहाँ तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० फुलेलीसम्म २८ किलोमिटर मूलनहर तयार भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनीयर शम्भू पण्डितले चार दिनयता नहरमा पानी परीक्षणका रुपमा छाडिएको बताए ।
“फुलेलीबाट महाकाली नदीको पानी सुनबरा नदीमा छाडेका छौँ”, उनले भने, “भारतीय पक्षसित परीक्षणका लागि सात दिन पानी दिने सहमति भएको छ ।” उनले मूलनहरमा अहिले तीनदेखि चार क्युसेक पानी बगिरहेको बताए ।
“मूलनहरमा नियमित छाड्न पहल भए पनि शाखा नहर तयार भइनसकेकाले भारतले पानी दिन आनाकानी गर्दैआएको छ”, पण्डितले भने– “यहाँ अहिले २० र २१ नम्बर शाखा नहर निर्माण भएको छ । मूलनहर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको करिब तीन किलोमिटर क्षेत्रमा नहरमा दलदलको समस्या छ ।”
पानी परीक्षणका लागि छाड्दा दलदल भएको क्षेत्रको सफाइ गर्न पनि सहज भएको छ । नहर सफा गर्न अझै केही दिन पानी छाड्न भारतीय पक्षसित आग्रह गरिने उनले बताए । महाकाली सन्धिको २८ वर्षपछि ब्रह्मदेव क्षेत्रबाट महाकालीको पानी २८ किलोमिटर पूर्व शुक्लाफाँटा नगरपालिकासम्म पु¥याइएको छ ।
गत वर्ष धान दिवसका दिन २२ किलोमिटर मूलनहरसम्म महाकाली नदीको पानी पु¥याइएको थियो । आयोजनाअन्तर्गत अहिले २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालदेखि थालिएको मूलनहर निर्माणको थप काम अगाडि बढाउन प्रयास भइरहेको छ ।
कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति पाउन ढिलाइ, बजेट अभावलगायत समस्या थियो । यहाँ रु एक अर्ब बढीको लागतमा २२ शाखा नहर निर्माणको काम अघि बढेको छ । यसैगरी शुक्लाफाँटाको फुलेलीदेखि २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया पनि अघि बढाइएको पण्डितले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन
असोज १७, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम सरकारको बजेट ३१ अर्ब ६२ करोड
भदौ ३१, २०८१ सोमबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता
असोज १९, २०८१ शनिबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार