एउटा फिल्म जसले अक्षयलाई सधैंका लागि शाकाहारी बनायो
नेपालबहस संवाददाता
असार २७, २०८० बुधबार ११:३५:५५
एउटा फिल्म, जसले अक्षयलाई सधैंका लागि शाकाहारी बनायो
२७ असार, मुम्बइ । ठूला पर्दामा सुन्दर देखिनका लागि बलिउड स्टारहरूले आफ्नो खानपान र दिनचर्यामा धेरै परिवर्तन गर्छन् । यति मात्र होइन, फिल्मको स्क्रिप्ट अनुसार समेत आफूलाई परिवर्तन गर्नुपर्ने हुन्छ। आज हामी तपाईलाई एउटा यस्तो स्टारको रेमा बताउनेछौं, जसमा अभिनेताले केही दिनमा मात्रै होइन, उनको सम्पूर्ण जीवन परिवर्तन गरेका छन् । यी अभिनेता अरु कोहि होइन बलिउडका खिलाडी अर्थात अक्षय कुमार हुन् ।
अक्षय कुमार फेरि चर्चामा छन् । उनको बहुप्रतिक्षित फिल्म ‘ओह माई गॉड २’ अर्थात् ‘ओएमजी २’ को टिजर सार्वजनिक भएको छ । आज हामी उहाँका फिल्महरूको बारेमा कुरा गर्दैनौं। तर आज हामी तपाईलाई फिल्मसँग सम्बन्धित अभिनेताको बारेमा केही बताउन गइरहेका छौँ, जसको बारेमा तपाईले पहिले सुन्न नपाउनु भएको हुन सक्छ ।
तपाईलाई थाहा छ अक्षय कुमार पहिलो मांसाहारी थिए । त्यसो भए उनी अचानक शाकाहारी कसरी भए ? के उनले फिल्मका लागि यस्तो गरे ?
वास्तवमा अक्षय कुमारकी आमा अरुणाले छोराको हरेक फिल्मको पूरा जानकारी राख्थिन् । उनले समय-समयमा अक्षयलाई धेरै महत्त्वपूर्ण सुझाव पनि दिइन् । फिल्म ‘ओ माई गॉड’ मा अक्षय भगवान कृष्णको भूमिका निभाउन लागेको थाहा पाएपछि उनले अक्षयलाई सुझाब दिइन् कि शाकाहारी बन् ।
रिपोर्टका अनुसार आमाले फिल्म पूरा नभएसम्म नन-वेज नखान भनिन् किनभने तिमी भगवानको भूमिकामा देखिदै छौ । यस्तो अवस्थामा उनीहरु जस्तै जीवन जिउन पनि जरुरी छ । अक्षयलाई आमाको यो सुझाव निकै मन पर्यो । असल छोरो भएकाले उनले फिल्मको समयमा मांसाहारी खाना त्यागे र शाकाहारी बने ।
फिल्म सकियो र त्यसपछि केही यस्तो भयो, जसले अक्षयलाई सधैंका लागि शाकाहारी बनायो। वास्तवमा फिल्म सकिएपछि पनि अक्षय आफैंले नन-वेज खानु हुँदैन भन्ने लागेको थियो र उनले सधैका लागि ननभेज छाडिदिए । यही कारणले गर्दा अक्षय सो फिल्म पछि अहिलेसम्म शाकाहारी नै छन् र अहिले पनि उनी ननवेजलाई पनि छुन्नन ।
अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम स्टारर ओह माई गड अर्थात् ओएमजी २ को बजेट १५० करोड भारु छ । यो फिल्म अगस्ट ११ मा बक्स अफिसमा रिलिज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज
असोज १८, २०८१ शुक्रबार
बलिउड अभिनेता गोविन्दा गोली लागेर घाइते
असोज १५, २०८१ मंगलबार
अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड
असोज १४, २०८१ सोमबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार