परराष्ट्र नीति र सुरक्षाबारे जथाभावी बोल्दा कुटनीतिक सम्बन्ध विस्तारमा कठिनाई उत्पन्नः परराष्ट्रमन्त्री साउद
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १४:३:५०
२८ असार, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पराष्ट्रमामिला सम्बन्धमा जथाभावि बोल्ने गरिँदा कतिपय कूटनीति सम्बन्ध विस्तारका कुरामा जटिलता देखिने गरेको बताएका छन् । उनले अन्य देशहरुसँगको कूटनीतिक सम्बन्धमा असर पर्ने भएकाले देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह पनि गरेका छन् ।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले सदनमा व्यक्त भएका विचारहरु सरकारका लागि मार्गनिर्देशन हुने कुरामा दुई मत नभएपनि विभिन्न देशहरुसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेना जस्तो विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन जरुरी भएको बताए ।
उनले नेपाली सेना यूएन मिसन अन्तर्गत विश्वमा शान्ति स्थापना गर्न र देशको प्रतिरक्षा गर्न सक्षम र समर्पित रहेको बताए । नेपालले परिपक्वताका साथ असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको स्पष्ट पार्दै उनले सबै देशसँग नेपालको सम्बन्ध सुमधुर रहेको बताए । गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने नेपालको कूटनीतिक प्रयास जारीरहेको उनको भनाइ थियो ।
बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राईले नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि भन्ने जिज्ञासा राखेकी थिइन् । जवाफमा परराष्ट्रमन्त्री साउदले परराष्ट्र नीति सञ्चालनका मूलभूत आधार नेपालको संविधानले निर्दिष्ट गरेको र असंलग्नता ती आधारहरू मध्ये एक प्रमुख आधार रहिआएको बताए ।
उनले नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकी लगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्दै आएको बताए । नेपालको स्वतन्त्र, सन्तुलित, निष्पक्ष र वस्तुनिष्ठ दृष्टिकोणका कारण विश्व जगतमा विश्वसनीयता र सम्मान आर्जन हुन सकेको पनि परराष्ट्रमन्त्री साउदले बताए ।
यस्तै परराष्ट्रमन्त्री साउदले नेपालको विकासमा सघाउने रुसी प्रस्तावबारे मस्कोसँग थप विवरण मागिएको बताए । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत वैशाखको पहिलो साता रुसको भ्रमण गर्दा नेपालको विकासमा सघाउने चाहना रुसले व्यक्त गरेको थियो । त्यसलगत्तै रुसले काठमाडौंस्थित आफ्नो दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर नेपालको १४ वटा क्षेत्रमा सहयोग गर्ने इच्छा व्यक्त गरेको थियो ।
अध्यक्षज्यूको रुस भ्रमणमा भएका कुराकानीका आधारमा संघीय संसद् सचिवालयमार्फत परराष्ट्र मन्त्रालयमा पत्रहरु प्राप्त भएको छ, यस विषयमा म आफैले नेपालका लागि रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर ती प्रस्तावहरुका विषयमा विस्तृत जानकारी माग गरेको छु, परराष्ट्रमन्त्री साउदले भने ।
रुसी राजदूतले मस्कोसँग समन्वय गरी थप विवरण उपलब्ध गराउने प्रतिवद्धता जनाएको जानकारी उनले दिए । यसैगरी परराष्ट्र मन्त्रालयका सम्बन्धित महाशाखाबाट पनि काठमाडौंस्थित रुसी दूतावासका आफ्ना समकक्षीसँग कुराकानी भइरहेको उनले बताए । यस विषयमा हाल रुसबाट थप विवरणको प्रतीक्षा गरिरहेको जानकारी गराउन चाहन्छु, परराष्ट्रमन्त्री साउदले भने ।
जलविद्युत्, एमआई–१७ हेलिकोप्टर उपलब्ध गराउने, मस्कोबाट सिधै काठमाडौंमा इन्धन उपलब्ध गराउने, काठमाडौंमा रेल सेवा निर्माणलगायत १४ वटा क्षेत्रमा लगानी गर्ने प्रस्ताव यसअघि रुसले गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप
असोज १९, २०८१ शनिबार
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
असोज १९, २०८१ शनिबार
अब हुने सबै चुनावमा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड
असोज १९, २०८१ शनिबार
क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने
असोज १९, २०८१ शनिबार
पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक
असोज १९, २०८१ शनिबार
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु
असोज १९, २०८१ शनिबार