केन्यामा कर वृद्धिको विरोधमा झडप हुँदा ६ जना मारिए
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १७:१६:२८
२८ असार, एजेन्सी । केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले एएफपीलाई बताएका छन् ।
देशका हिंसात्मक घटना बढेपछि गृहमन्त्री किथुरे किन्डिकीले राज्यमा अशान्ति मच्चाउनेहरूलाई सख्त कारबाही गर्ने चेतावनी दिएका छन् । “मानिसको अमूल्य जीवन गएको छ, दर्जनौं कानून कार्यान्वयन अधिकारी र नागरिक गम्भीर रूपमा घाइते भएका छन् । देशको अर्थतन्त्रमा अकल्पनीय क्षति भएको छ,” विरोध प्रदर्शनका क्रममा भएका व्यापक हिंसा, लुटपाट, निजी र सार्वजनिक सम्पत्तिको क्षतिप्रति निन्दा गर्दै उनले एक विज्ञप्तिमा भनेका छन् । “दण्डहीनताको संस्कृति अन्त्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
विरोधप्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले नैरोबी र आसपासका क्षेत्रबाट प्रदर्शनकारीहरूलाई भगाउन अश्रु ग्यास प्रहार गरेको थियो । राजधानीको बाहिरी भागमा रहेको म्लोलोन्गो र किटेनगेला शहरहरूमा पाँच जनाको मृत्यु भएको थियो भने नैरोबीलाई मोम्बासाको बन्दरगाह शहरमा जोड्ने राजमार्गमा आक्रमण गर्ने भीडलाई तितरबितर पार्न अश्रु ग्यास पनि प्रयोग गरिएको थियो, त्यसक्रममा एक जनाको मृत्यु भएको थियो ।
नैरोबीको काङ्गेमी बस्तीमा दर्जनौं बालबालिकालाई अस्पतालमा भर्ना गरिएको छ । केही अझै बेहोस छन्, उनीहरूको कक्षाकोठा नजिकै अश्रुग्यास प्रहार गरिएको थियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुखले ५३ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् ।
विपक्षी नेता रैला ओडिङ्गाले सरकारविरुद्ध कर कानुनको विरोध अभियानलाई सशक्त तुल्याउँदै प्रदर्शनमा उत्रन आह्वान गरेका थिए । पूर्वसूचना बिना केन्यामा विरोध प्रदर्शन गर्न नपाइने कानुनी व्यवस्था छ । उक्त प्रावधानको अवहेलना गर्दा सुरक्षा निकायले कारबाही गरेका बताइएको छ । प्रहरी प्रमुख जाफेट कोमेले प्रदर्शनकारीलाई तितरबितर गर्न सबै कानूनी उपाय गरिने चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रमणमा जाने
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने
असोज १९, २०८१ शनिबार
पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक
असोज १९, २०८१ शनिबार
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु
असोज १९, २०८१ शनिबार
कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल
असोज १९, २०८१ शनिबार
बाढीपहिरो : काभ्रेमा आर्थिक सहयोग प्रदान गर्न टोली परिचालन
असोज १९, २०८१ शनिबार
अहिलेको विकृत राजनीति र समाजको परिप्रेक्षमा देवी शक्तिको प्रसंगलाई कसरी लिने ?
असोज १९, २०८१ शनिबार