चितवनमा दुर्घटना र मृत्युको संख्या घट्यो
नेपालबहस संवाददाता
साउन १, २०८० सोमबार १२:३७:१०
१ साउन, चितवन । जिल्लामा सवारी दुर्घटना र मृत्युको संख्या घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना र मृत्यु हुनेको सङ्ख्या घटेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन सय तीन दुर्घटना भएका छन् ।
त्यसमा ७८ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा एक सय ७० गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यसै अवधिमा पाँच सय ३० सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा एक सय ४० जनाको मृत्यु भएको थियो ।
त्यसमा दुई सय ६५ गम्भीर र सात सय छ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७९/८० मा ४० हजार छ सय ६४ सवारी साधन कारबाहीमा परेका छन् । ती बाट रु तीन करोड ४३ लाख ५८ हजार पाँच सय राजस्व उठेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङ्ले दुर्घटना बढी हुने सडकको स्तरोन्नती भएको, कतिपय सडक निर्माणका कारण रोकिएकाले सावधानीपूर्वक अन्य सडकको प्रयोग हुँदा दुर्घटनामा कमी आएको र ट्राफिक प्रहरीको परिचालन र सक्रियता बढाइएको बताए । यसैगरी सवारी चालकको सचेतना बढेको र कोभिडपछि सवारी चाप घटेका कारण दुर्घटनामा कमी आएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा ज्यान गुमाएका प्रहरीका शालिक
असोज १५, २०८१ मंगलबार
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज १५, २०८१ मंगलबार
सर्लाहीको बलरामा पानीमा डुबेको अवस्थामा बालकको शव भेटियो
असोज १४, २०८१ सोमबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
स्थलगत रिपोर्टः स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले
असोज १५, २०८१ मंगलबार
सरकारले भन्यो– लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन्
असोज १५, २०८१ मंगलबार
बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार
असोज १५, २०८१ मंगलबार
क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, टिममा दुई परिवर्तन
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: चितवनमाथि काठमाडौं ३–१ सेटले विजयी
असोज १५, २०८१ मंगलबार
सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन
असोज १५, २०८१ मंगलबार