आजदेखि रेसुङ्गामा साउने मेला सुरु
नेपालबहस संवाददाता
साउन १, २०८० सोमबार १३:८:१०
१ साउन, गुल्मी । गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउन महिनाको पहिलो दिन आज सोमबारे औँसी परेकाले बिहानैदेखि रेसुङ्गामा क्षेत्रमा श्रद्धालुहरुको भिड लागेको हो । साउन महिनाभर रेसुङ्गा माहापोखरीमा स्नानगरी पोखरीमाथिको यज्ञशाला मन्दिरमा पूजाआजा गर्न मानिसहरुको भिड लागेको छ ।
टाढाटाढाबाट आउने भक्तजनको सुविधाका लागि रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा साउन महिनाभर धार्मिक मेला सञ्चालन गर्दै आएको छ । अन्य महिनाको तुलनामा साउन महिनाको सोमवार धेरै मानिसको यस क्षेत्रमा आगमन हुँदै आएको छ ।
साउन महिनाभर विशेष पूजाआजासहित धार्मिक मेला लाग्ने भएकाले माहापोखरीको जलले स्नान गर्ने र नजिकै रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने प्रचलन छ । यस क्षेत्रमा पुगेपछि चारधाम जान नपर्ने र आफूले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका आधारमा विगत केही वर्षदेखि यहाँ आउने धार्मिक पर्यटकहरुको सङ्ख्या वृद्धि हुँदै आएको छ ।
त्रेता युगदेखि यस क्षेत्रको महत्व हालसम्म पनि कायम रहेकाले यस क्षेत्रमा एक पटक पुगेपनि मनोकामना पूराहुने भएकाले यसको महत्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिए । सोही आस्था र विश्वासका कारण रेसुङ्गा क्षेत्रमा गुल्मी पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लावाट आउने श्रद्धालुहरुको वर्षेनी घुईचो लाग्ने गर्दछ । साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यज्ञशालामा दिनहु होमसहित, रुद्री, गिता र चण्डी पाठ गर्नाका साथै श्रद्धालुहरु रातभर भजन किर्तनमा रमाउने गर्दछन् ।
रेसुङ्गा नगरपालिकाले सुरु गरेको ‘जाउँ हिडौँ रेसुङ्गा’ अभियानसँगै विगत वर्षका तुलनामा यसपटक साउन महिनाभर ५० हजारभन्दा बढी श्रद्धालुलाई रेसुङ्गा क्षेत्रमा भित्र्याउने योजना रहेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । जिल्ला सदरमुकाम तम्घासदेखि सात किलोमिटरको दूरीमा रहेको उक्त ठाउँमा पुग्न सडक पक्की गरिएकाले झनै सहज बनेको छ । एक महिने धार्मिक मेलाले रेसुङ्गा क्षेत्र आन्तरिक एवं वाह्य धार्मिक पर्यटकका लागि थप गन्तव्य स्थल बन्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
असोज ७, २०८१ सोमबार
कैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
स्थलगत रिपोर्टः स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले
असोज १५, २०८१ मंगलबार
सरकारले भन्यो– लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन्
असोज १५, २०८१ मंगलबार
बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार
असोज १५, २०८१ मंगलबार
क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, टिममा दुई परिवर्तन
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: चितवनमाथि काठमाडौं ३–१ सेटले विजयी
असोज १५, २०८१ मंगलबार
सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन
असोज १५, २०८१ मंगलबार