राप्रपाको मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रा [ फोटोफिचर ]
नेपालबहस संवाददाता
साउन १, २०८० सोमबार १६:५६:५०
१ साउन, काठमाडौं । राप्रपानिकट नेपाल सनातन धर्म संस्कृति संगठनले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक पदयात्रा गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरु, समान विचार भएका व्यक्ति, समूह, संस्थाहरू समेतको सहभागीतामा मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुशरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियानअन्तर्गत धार्मिक पदयात्रा गरेको उनले जानकारी दिए ।
आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरुलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गरिएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले जानकारी दिए । अघिल्लो वर्षदेखि संगठनले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा !
असोज ११, २०८१ शुक्रबार
झरीका कारण काठमाडौंको जनजीवन प्रभावित
असोज ११, २०८१ शुक्रबार
खुल्लामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउँदै महानगरपालिका [ फोटो फिचर ]
असोज १०, २०८१ बिहिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा
असोज १२, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार