जब श्रीमानबाट सयौं सन्तान जन्मिएको श्रीमतीले थाहा पाइन...
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १०:५५:४७
२ साउन, न्युयोर्क । भनिन्छ, राम्रो सम्बन्धका लागि दुई व्यक्तिबीच पारदर्शिता हुनु अति आवश्यक हुन्छ । सम्बन्ध जति सफा हुन्छ उति लामो समय सम्म टिक्छ । तर, कहिले परिस्थितिले र कहिले अन्य कारणले मानिसबीच दुरी आउँछ । यदि श्रीमान श्रीमतीको बीचमा यस्तो अवस्था आयो भने कुरा साँच्चै गम्भीर बन्न जान्छ। यस्तै घटना एकजना अमेरिकन पुरुषसँग भएको छ, जसको श्रीमतीले श्रीमानको विगत थाहा पाएपछि सहनै सकिनन् ।
उक्त व्यक्तिले रेड इटमा आफ्नो कथा सुनाउँदै भने की उनले आफ्नो विगतमा केहि यस्ता काम गर्थे, जुन उनलाई त्यतिबेला सहि लाग्थ्यो । यद्यपि विवाहपछि उनले आफूलाई उनीबाट टाढा राख्न खोजे तर एक दिन उनको सत्य श्रीमतीको अगाडि आयो । त्यो दिनदेखि उनको जीवनमा आएको उथलपुथल अरू कसैले बुझ्न सक्दैन।
यी व्यक्तिले आफ्नो बारेमा लेखेका छन् कि उनले कलेजका दिनमा सजिलै पैसा कमाउन शुक्राणु दानको बाटो अपनाएका थिए । आमाबुवा बन्न नसकेका दम्पतीलाई पनि सहयोग गर्थे र पैसा पनि लिन्थे । जब उनले आफ्नी प्रेमिका र अहिले श्रीमतीलाई भेटे, तब उनले यो गर्न छोडे। उनको विवाह भएको ६ वर्ष भयो र उनका २ सन्तान छन् ।
यद्यपि उनले यो काम रोकेका थिए तर केही वर्ष पहिले पैसाको आवश्यकता पर्दा उनले फेरि एकपटक शुक्राणु दानको बाटो अपनाए । केही समय पछि अहिले उनले यो विगत बिर्सिसकेका थिए ।
श्रीमान्–श्रीमती साथीभाइबीच बसेर सन्तान जन्माउन कठिनाइको चर्चा चलिरहेको बेला यो कुरा बाहिर आएको हो । यस्तो अवस्थामा ती व्यक्तिले कलेजमा स्पर्म डोनेशनको बारेमा बताए । यो सत्यता थाहा पाउने बित्तिकै उनकी श्रीमतीलाई रिस उठ्यो । घर आएपछि यो विषयमा चर्को बहस भयो । त्यसमा पुरुषलाई केही गल्ती लागेन तर श्रीमतीले यसलाई धोखाधडी भनेकी थिइन् ।
उक्त व्यक्तिको यो पोस्टमा कतिपयले उनलाई सही र कसैले गलत ठानेका छन् । एक प्रयोगकर्ताले भने कि उहाँलाई थाहा छैन कि उहाँका जैविक बच्चाहरू कहाँ हुनेछन् र यदि कोही उहाँकहाँ आयो भने के हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रमणमा जाने
असोज १८, २०८१ शुक्रबार
दक्षिणी लेबनानका ३५ क्षेत्र खाली इजरायली सेनाको आग्रह
असोज १८, २०८१ शुक्रबार
तिरुपतिको प्रसाद लड्डु विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
असोज १८, २०८१ शुक्रबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
बाढीपहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
असोज १८, २०८१ शुक्रबार
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
असोज १८, २०८१ शुक्रबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
असोज १८, २०८१ शुक्रबार
सर्लाहीको झाझ खोलामा डुबेर बालकको मृत्यु
असोज १८, २०८१ शुक्रबार