चलनचल्ति अनुसार बजारमा छैन, बैंकमा भने पैसै पैसा !
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १३:९:२२
२ साउन, काठमाडौं । यसअघिका अर्थमन्त्रीले बजारबाट पैसा हराएको सार्वजनिक रुपमै मन्तव्य दिएका थिए । अहिले पनि बजारमा चलन चल्तीका लागि पैसा छैन । बजारमा कारोबारमा आउनुपर्ने पैसाको अहिले पनि कमी नै देखिएको छ । पैसा प्रशस्त नआएकै अवस्थामा पनि सर्वसाधारणहरूले बैंकमा गएर जम्मा गरेको निक्षेप यति बेला सवा ६ खर्ब पुगेको छ । सवा ६ खर्ब रकम अनुत्पादक भएर बैंकमा बसेको छ ।
बैंकरहरुका अनुसार सर्वसाधारणले सहकारीमा जम्मा गरको खरबौं रकम देश बाहिर पुगिसकेकाे छ । जसले गर्दा पनि केही वर्ष देखि नै बजारमा पैसा बग्न नसकेको हो । अहिले स्थिति सामान्य तर्फ आउँदै गरेपनि लगानी नभएका कारण झण्डै साढे ६ खर्ब रकम बैंकमा थन्किएर बसेको छ । यो पैसा लगानीका माध्यमबाट बजारमा आउन सकेको छैन । लगानी भए मात्र बजारमा पैसा सहज रुपमा चलिरहन सक्छ ।
नेपालको अर्थतन्त्र खराब अवस्थामा गयो भनेकै लामाे समयदेखि वित्तीय प्रणालीमा रहेको रकम बाहिर आउन सकेको थिएन । यसैले धेरै समय अगाडी देखि वित्तीय प्रणालीमा सवा ६ खर्ब रकम अनुत्पादक रुपमा बसेको छ । यो चलनचल्तीमा आउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको अन्तिम दिनसम्म बैंक तथा वित्तीय संस्थामा करिब सवा ६ खर्ब रूपैयाँ थुप्रिएको छ । सवा ६ खर्बमध्ये सवा ५ खर्ब कर्जायोग्य रकम हो भने एक खर्ब अधिक तरलताको हो ।
यसरी कुल सवा ६ खर्ब वित्तीय प्रणालीमा थुप्रिएको सरकारी तथ्यांकले देखाएको छ । निक्षेप धेरैले बढ्दा कर्जा प्रवाहको वृद्धिदर न्यून रहेकाले करिब सवा ६ खर्ब रूपैयाँ बैंक तथा वित्तीय संस्थामा थुप्रिएको हो । अहिले वित्तीय प्रणालीमा रहेको रकम आगामी आर्थिक वर्षभर सबै बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्न चाहिने भन्दा बढी भएको राष्ट्र बैंकको भनाइ छ ।
असार मसान्तमा वित्तीय प्रणालीमा रहेको निक्षेप जोगाउँदा मात्र पनि बैँकहरूलाई आगामी आर्थिक वर्षभर कर्जा दिनका लागि आवश्यक पैसा पुग्छ । गत वर्षको असार १ देखि ०८० असार ३० सम्म बैंक तथा वित्तीय संस्थामा ५ खर्ब ७७ अर्ब रूपैयाँले निक्षेप बढेको छ भने १ खर्ब ३७ अर्ब रूपैयाँले मात्र कर्जा विस्तार भएको छ । आन्तरिक अर्थतन्त्र मन्दीमा रहेकाले चालू आर्थिक वर्षमा कर्जा माग निकै कम रह्यो भने लगातार बढिरहेको रेमिट्यान्स र सरकारी खर्च बढेकाले बैंकहरूमा निक्षेपको वृद्धि दर राम्रो भएको हो ।
पछिल्ला वर्षमा कर्जा वृद्धिको अवस्था, बजेटमा तय भएको आर्थिक वृद्धिको लक्ष्य र राष्ट्र बैंकको कर्जा विस्तारको लक्ष्य हेर्दा आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ कर्जा विस्तारका लागि ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्छ । असार मसान्तमै उक्त रकम वित्तीय प्रणालीमा जम्मा भइसकेकाेले बैंकहरूलाई सहज रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा ४ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । गत वर्ष भरमा प्रवाह गरिएको कुल कर्जामध्ये अघिल्लो ६ महिनामा ५ खर्ब ६ अर्ब रूपैयाँ र पछिल्लो ६ महिनामा ३३ अर्ब रूपैयाँ प्रवाह भएको छ । गत आर्थिक वर्षको अघिल्लो ६ महिनामा बैंकहरूले आक्रामक रूपमा कर्जा विस्तार गरेकै कारण पछिल्लो ६ महिनामा राष्ट्र बैंकले ऋण विस्तारमा कडा नीति ल्याएका कारण पछिल्लो ६ महिनामा ३३ अर्ब रूपैयाँ मात्र कर्जा प्रवाह भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको बिराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज १८, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा
असोज १८, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण
असोज १५, २०८१ मंगलबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
असोज १८, २०८१ शुक्रबार
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
असोज १८, २०८१ शुक्रबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
बाढीपहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
असोज १८, २०८१ शुक्रबार
ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
असोज १८, २०८१ शुक्रबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
असोज १८, २०८१ शुक्रबार
सर्लाहीको झाझ खोलामा डुबेर बालकको मृत्यु
असोज १८, २०८१ शुक्रबार