नागरिक उन्मुक्ति पार्टी नमानेपछि सुदूरपश्चिम सरकार विस्तारमा समस्या
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १८:१३:२६
९ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै नागरिक उन्मक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिएकी हुन् ।
मंगलबार लेखिएको पत्रमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराउँदछौँ ।’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको हो ।
शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरु दिउँसो नै टीकापुरबाट धनगढी पुगेका थिए । तर पार्टी भित्रको विवादपछि हाललाई शपथ ग्रहणको लागि रोकिएको हो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यमन्त्री कमल बहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
दूतावासले भिषा दिए सन्दीप आजै अमेरिका उड्ने, ४ बजे अन्तरवार्ता
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार