लघुवित्तपीडितका माग सम्बोधन गर्न राष्ट्र बैंकसहित दुई मन्त्रालयका प्रतिनिधि राखेर वार्ता समिति गठन
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार १७:५:२०
११ साउन, काठमाडौं । आन्दोलनरत लघुवित्तपीडितहरुले उठाएका माग सम्बोधन गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ । लामो समयदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेको हो ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको मन्त्रालयले जनाएको छ । अर्थमन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् ।
सो समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको छ । नेपाल राष्ट्र बैंकले पनि छुट्टै डेस्क राखेर लघुवित्त पीडितको समस्या समाधानको प्रयास गरिरहेको छ । अहिले पनि काठमाडौंमा आन्दोलन जारी नै भएकाले वार्ता मार्फत् पनि समाधानको पहल गर्न समिति गठन भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार