चिडियाखानाका बाघको ब्रत तोडियो [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
साउन १३, २०८० शनिबार १७:५२:३८
१३ साउन, काठमाडौं । अहिले जावलाखेलस्थित सदर चिडियाखानामा ६ वटा बाघ छन्। त्यसमध्ये ४ वटा भाले र २ वटा पोथी । ५ देखि १८ वर्ष उमेर समुहका उनीहरुसंगै बस्न पाउँदैनन् । १३ वर्षको महाराज र ५ वर्षकी महारानीलाई संगै राखिएको छ ।
सबै भन्दा वृद्ध १८ वर्षको बाङ्गेलाई १२ वर्षको बगौराको साथ छ । १० वर्षको प्रताप र ८ वर्षीया जगतीसंगै बस्छन् । जम्मा ६ वटा बाघलाई किनसंगै नराखिएको त ? चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले भने ‘संगै राख्दा झगडा हुन सक्छ । उमेर समहु पनि फरक फरक छ तसर्थ छुट्टै राखिएको छ ।’
सबैभन्दा कान्छी महारानीलाई कन्चनपुरबाट उद्दार गरेर ल्याइएको हो । सबैभन्दा वयस्क बाङ्गेलाई पनि चितवनबाट ल्याइएको हो । नाम कसरी राख्नु हुन्छ ? किन बाङ्गे भन्नु भएको ? सुचना अधिकारी कोइरालाले हाँस्दै भने ‘ बाङ्गे बाङ्गो परेर हिड्छ ’ अरुलाई पनि यस्तै विषय जोडेर नाम राखिएको छ ।
बाघको पनि ब्रत ?
चिडियाखानाका बाघहरु हरेक हप्ता शनिबार ब्रत बस्छन् । यसअघि एकादशीको दिन बाघलाई भोकै राखिन्थ्यो तर अहिले हरेक शनिबार उनीहरु भोकै पर्छन् । सूचना अधिकारी कोइरालाले भने ‘ हरेक शनिबार उनीहरुलाई आहारा दिइँदैन् । एक दिन फाष्टिङ हुन्छ । स्वास्थ्यकै हिसाबले पनि उनीहरुका लागि आहारा नदिइएको हो । यसले आर्थिक भार पनि कम हुन्छ ।’
अब त उनीहरु पनि बानी परिसके आज खान पाइदैन भन्ने उनीहरुलाई थाहा हुन्छ। तर आज भने शनिबार भएपनि बाघ दिवस परेकोले बाघलाई आहारा खुवाईएको छ । वातावरणमन्त्री डाक्टर विरेन्द्र यादवले आज बिहानै चिडियाखाना पुगेर बाघलाई आहारा दिएका हुन् ।
एक दिनमा कति खान्छन् ?
सामान्यतया चिडिया खानाका बाघलाई एक दिनमा एभरेजमा ५ किलो मासु आहाराको रुपमा दिइन्छ । तर चिडियाखानाले भालेका लागि ६ किलो र पोथिका लागि ५ किलोका दरले मासु खुवाउने गरेको छ । सूचना अधिकारी गणेश कोइरालाले, भने ‘ उनीहरुलाई प्राय जसो भैसीको मासु दिने गरिएको छ । स्वास्थ्यका हिसावले पनि उनीहरुलाई बफ नै फाइदा जनक छ । ’ कहिले कहिँ भने उनीहरुले अन्य जनावरको पनि मासु चाख्न पाउँछन् ।
एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाखभन्दा बढी खर्च आउने सदर चिडियाखानाका सूचना अधिकारी कोइरालाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकलाई लक्षित गरेर रामप्रसादमा पाहुना घर निर्माण
असार १३, २०८१ बिहिबार
पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ सुनसान
असार ९, २०८१ आइतबार
पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो
असार ९, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
कफी उत्पादक कृषकलाई अनुदान
असार १७, २०८१ सोमबार
म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित
असार १७, २०८१ सोमबार
किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण
असार १७, २०८१ सोमबार
जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण
असार १७, २०८१ सोमबार
श्रीलङ्कामा सडक दुर्घटना हुँदा १५ जना घाइते
असार १७, २०८१ सोमबार
राजनीतिक उथलपुथलपछि फिजीको प्रमुख पार्टीको दर्ता रद्द
असार १७, २०८१ सोमबार