नेपाल किसान महासंघ कोशी प्रदेश समितिको पहिलो पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १०:३२:६
यज्ञप्रसाद भट्टराई
१९ साउन, सुनसरी । नेपाल किसान महासंघ कोशी प्रदेस समितिको पहिलो पुर्ण बैठक सुनसरीको इटहरी सम्पन्न भएको छ । महासंघका कोशी प्रदेश सभापति राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना र नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
नेपालमा कृषि बिकास र किसान अधिकारका पक्षमा लामो समयदेखि विभिन्न आन्दोलनहरु भए पनि किसानले राहत महशुस गर्ने कुनै हेर्न र सुन्न लायक परिवर्तनहरु भएको पाइदैन । देशको कुल ग्राहस्थ उत्पादनको आधाभन्दा बढी हिस्सा कृषिले ओगटे पनि सरकारको कृषिमा लगानी बालुवामा पानी भएको देखिन्छ ।
नेपाली कांग्रेसको स्थापनासँगै २००८ सालमा स्थापना भएको नेपाली कांग्रेसको सबैभन्दा ठुलो र पुरानो भातृसंस्था नेपाल किसान महासंघले समेत बितमा नेपालका विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनहरुमा सकृय सहभागीता जनाउँदै कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्न क्रियाशीलता जनाए पनि यसले पुर्ण रुप लिन सकेको देखिदैन । आन्दोलन पछिका राजनीतिक गतिविधिहरुले नेपाली किसानलाई सम्बोधन गर्न नसक्नु आफैमा लाजमर्दो कुरा हो ।
किसानका समस्या र किसानका उन्नतिका बिषयमा क्रियाशील रहदै आएको नेपाल किसान महासंघको कोशी प्रदेश समितिले पुर्णता पाएसँगै यसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन शुरु गरेको छ । त्यसका लागि कोशी प्रदेश समितिको बैठक सुनसरीको इटहरीमा गरिएको हो । बैठकमा विभिन्न ३ वटा एजेन्डामा छलफल भएको थियोे । जसमा नेपाल किसान महासंघ कोशी प्रदेश समितिमा मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तरण र शुभकामना आदान प्रदान, नेपाल किसान महासंघको स्थापना दिवश मनाउने, र बाँकी रहेका पदहरुमा पदाधिकारी मनोनयन गर्ने रहेका थिए ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले भर्खरै सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेपाली किसानका एजेन्डाहरुले यथेष्ट स्थान पाएको बताउदै किसानका समस्या तत्काल समाधान गर्न केन्द्रीय समितिको बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए । नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेशका समेत सदस्य रहेका नेता केशव भट्टराईले नयाँ आएको टिम अत्यन्तै जागरुक, जुझारु र सकृय रहेको बताउदै कोशी प्रदेशमा अब किसान आन्दोलन अझ शशक्त हुने र किसानका समस्या तत्काल सम्बोधन गराउन सकिने कुरामा आफू आशाबादी रहेको बताए ।
नेपाल किसान महासंघ कोशी प्रदेशका सचिवद्वय यज्ञप्रसाद भट्टराई र भबिन खड्काले संयुक्त रुपमा सञ्चालन गरेको उक्त बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना, नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराई, कोशी प्रदेशका उपसभापति द्वय नवीन कुमार चौधरी, भगिरथ शर्मा सुवेदी, नेपाल किसान महासंघका सुनसरी जिल्ला अध्यक्ष रामबृक्ष मेहता, महासंका प्रदेश सदस्यहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी
जेठ १६, २०८१ बुधबार
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
जेठ १६, २०८१ बुधबार
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दवावका लागि अमेरिकन राजदूतावासतिर लागे युवा
जेठ १६, २०८१ बुधबार
यार्सागुम्बा संकलनको पहिलो गन्तव्य नाम्के खर्कबाट सुरु, सुरक्षा व्यवस्थापन कडा
जेठ १६, २०८१ बुधबार